• २०७८ कार्तिक १ गते सोमवार
  • Preeti To Unicode

एसिया कपः आज हङकङ र भारत भिड्दै


असाेज २, काठमाडौं ।

यूएईमा जारी एसिया कप क्रिकेटमा आज हङकङ र भारत भिड्दै छन् । खेल नेपाली समयअनुसार दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा साँझ सवा ५ बजे हुने छ ।

आजको खेलमा भारत विजयी भए एक खेल अगावै सेमिफाइनलमा प्रवेश गर्ने छ । तर भारतलाई पराजित गर्न सकेमा हङकङको पनि सेमिफाइनल पुग्ने सम्भावना कायमै रहनेछ ।

हङकङ पहिलो खेलमा पाकिस्तानसँग ८ विकेटको पराजित भएकाले जित्नै पर्ने दबाब छ । भारत र हङकङबीच सन् २००८ मा एसिया कपमा प्रतिस्पर्धा भएको थियो । जसमा भारत २५६ रनले विजयी भएको थियो ।

प्रकाशित मिति : २०७५ असोज २ गते मङ्गलवार