• २०८० मङ्सिर १५ गते शुक्रवार
  • Preeti To Unicode

संकटकालकाे झल्काे दिनेगरी राेल्पा जिनाबाङमा प्रहरीले विप्लव कार्यकर्ताकाे घर घेरा हाल्याे


असोज २, रोल्पा ।

संकटकालकाे झल्काे दिनेगरी राेल्पाकाे जिनाबाङमा प्रहरी घरमा पुगेकाे छ । नेपाल कम्युनिष्ट पार्टी ‘विप्लब’का रोल्पा जनसरकार प्रमुख तथा सुकीदह गाउँपालिका इन्चार्ज लाल बहादुर वली ‘विश्व’ लाई पक्राउ गर्न प्रहरीले घर घेरा हालेको छ ।

मंगलबार बिहानै रोल्पा सुकीदह गाउँपालिका ३ स्थित घरमै प्रहरी हवल्दारको कमाण्डमा आएको ७ जनाको प्रहरी टोलीले ५ घण्टासम्म घर घेरा हालेर आतंक मच्चाएको जनसरकार प्रमुख लाल बहादुरकि श्रीमती आशा वलीले जानकारी दिईन ।

एकाबिहानै प्रहरी हवल्दारले घरमा आएर तपाइको श्रीमान खै, उहालाई हामी लिन आएको हो, उहाँसंग छलफल छ भन्दै ५ घण्टा सम्म घर घेरा गरेर आफुलाई टर्चर दिएको वलीले लेकाली अनलाइनलाई जानकारी दिईन ।

बिहान करीव ७: ४५ मा सुखाओडारबाट आएको प्रहरी टोलि करिब १२ बजे फर्किएको उनले जानकारी दिईन । प्रहरीले ५ घन्टाको समयमा घर घेरा हाल्नुका साथै घरको वरिपरी भएको बुट्यानमा लुकेर बसेको भन्दै उनले आक्रोस पोखिन, ‘मानौ कि अपराधि जस्तो गरी उहालाई ढुकेर प्रहरी बस्यो’।

प्रहरीको उक्त हर्कत प्रति उनले असन्तुष्टि पोखिन ‘राजनीति गरेकै आधारमा यसरी घरमै आएर आतंक मच्चाउन पाइन्छ ? भन्दै, प्रहरी प्रसासनको यो रबैयाले लोकतन्त्रकै उपहास गरेको उनको भनाइ थियो ।

श्रीमान अर्को माथिको घरमा गोरुलाई घास हाल्न जानुभएको छ भन्दा पनि नपत्याएको र जनयुद्दको झल्को दिनेगरि संकटकाल जस्तै प्रहरीले घर घेरा हालेर राज्य आतंक मच्चाएको उनको आरोप छ ।

यस अघि पनि रोल्पाका सेक्रेटरी सन्तोष सुबेदी प्रयाससहित २ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । प्रहरी प्रसासनले देशभर नै नेपाल कम्युनिष्ट पार्टी विप्लबका कार्यकर्तामाथि झुट्टा मुद्दा लगाउदै धरपकड गरिरहेको छ ।

प्रकाशित मिति : २०७५ असोज २ गते मङ्गलवार