• २०७८ कार्तिक ८ गते सोमवार
  • Preeti To Unicode

सामुदायिक वन उपभोक्ता महासंघ कर्णाली प्रदेशको अध्यक्ष सल्यानले पायो


लेकाली अनलाइन
असाजे ३, सल्यान ।
सामुदायिक वन उपभोक्ता महासंघ नेपाल कर्णाली प्रदेशको अध्यक्ष सल्यानले पाएको छ ।

प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको प्रथम अधिवेशनले सल्यानका घनश्याम शर्मालाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ । जसमा ४४ सदस्यीय प्रदेश कमिटी रहेका छन् । प्रदेश समितिको उपाध्यक्षमा कृष्ण बहादुर शाही (हुम्ला), महासचिवमा अनिता केसी (हुम्ला), सचिवमा सूर्य्िकरण चन्द (रुकुम), कोषाध्यक्षमा मनकला रोकाय (मुगु) चयन भएका छन् ।

सदस्यहरुमा प्रेमलाल घर्ती (सल्यान), लक्षिराम कार्मी (रुकुम), वर्ण शाही (सल्यान), लाल बहादुर शाही (दैलेख), रमिता नेपाली (रुकुम), सत्यकुमारी रोकाय (डोल्पा), लिला पहाडी (डोल्पा), सुजाता बुढामगर (डोल्पा), गीता शाही (दैलेख), दिप बहादुर वस्नेत (जाजरकोट), अमरसिं थरी (रुकुम), पद्मा गोगी (दैलेख), राम बहादुर शाही (दैलेख), कौशिला खत्री (जाजरकोट) लगायत चयन भएका छन् ।

प्रकाशित मिति : २०७५ असोज ३ गते बुधवार