• २०७८ कार्तिक ८ गते सोमवार
  • Preeti To Unicode

सल्यानमा यसरी मनाइयो संविधान दिवस


लेकाली अनलाइन
असोज ३, सल्यान ।
प्रदेश सभा सदस्य गुलावजंग शाहले नेपालको संविधान सबैभन्दा राम्रो भन्दै यसको प्रचार गर्नुपर्ने बताएका छन । राम्रा कुराको प्रचार तथा अनुसरण गर्नुपर्ने भन्दै सल्यानमा संविधान दिवसका अवसरमा भएको कार्यक्रममा उनले यस्तो बताएका हुन ।

संविधान दिवस मनाउन गठन गरिएको मुल समारोह समितिको आयोजनामा भएको कायक्र्रममा जिल्ला समन्वय समितिका प्रमुख केश बहादुर विष्टले नियम कानुन नबन्दा स्थानिय तहका काम अप्ठेरो परेको गुनासो गरेका छन । उनले स्थानिय तह बनेर अन्य काम भैरहेका समयमा प्रदेश तहबाट बन्नुपर्ने कानुन नबन्नुका कारण जनप्रतिनिधिलाई काम गर्न असहज भएको बताएका हुन ।

शारदा नगरपालिकाका प्रमुख सुरेश अधिकारी र छत्रेश्वरी गाउपालिका प्रमुख सन्तोष केसीले पनि अधिकार दिइयो तर उपयोग गर्न दिने कानुन नबन्दा अप्ठेरो भएको उस्तै गुनासो राखेका छन ।
शारदा नगरपालिकाकी उपप्रमुख सावित्रा बस्नेतले महिलाका अधिकारका कुरा संविधानमा भएपनि कार्यान्वयनमा समस्या भएको बताएकी छन ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कमलराज ढकाल, नेकपाका नेता सीपी वली र नेपाली काग्रेशका सभापती गणेश चन्दले पनि मन्तव्य राखेका थिए । उनिहरुले राजनीतिक दलहरुबाटै नेता बनेपनि अहिलेका जनप्रतिनिधिले पार्टीलालाई नचाहिने जस्तै गरी काम गरिरहेको भन्दै त्यसो नगरी काम गर्न भनेका छन ।

समन्वय समितिका उपप्रमुख हरि प्रकाश बुढाथोकी स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको संचालन मोहन खड्काले गरेका थिए ।

संविधान दिवसका अवसरमा निकालिएको र्याली पुरानो बसपार्क बाट ठण्डी सडक, बैकरोड, हुलाक, एमाले पार्टी कार्यालय हुदै जिल्ला समन्वय समितिको हलमा पुगेर कार्यक्रममा परिणत भएको थियो ।
कार्यक्रममा केहि राजनीतिक दल, सरकारी कर्मचारीको सहभागिता भएपनि सर्वसाधारणको सहभागिता हुन सकेको थिएन ।

यसैबिच संविधान दिवसकै अवसरमा बागचौर बजार र थारमारे बजार सरसफाइ गरिएको छ ।

बागचौर नगरपालिकाको आयोजनामा भएको सरसफाइमा नगर प्रमुख लोकमान बुढाथोकी, उपप्रमुख कल्पना पुन, प्रमुख प्रशासकीय अधिकृत भीष्म कुमार मल्ल, वडा नम्बर ३ का वडा अध्यक्ष टिकाराम केसी, २ नम्बर वडा अध्यक्ष घनश्याम शर्मा लगायत अन्य कर्मचारी, ईलाका प्रहरी कार्यालय, ईलाका प्रशासन कार्यालय तथा स्थानीय बासीहरुको सहभागिता रहेको थियो ।

संविधान दिवसकै अवसरमा लुहापिङ  मैदान खलंगा मैत्रिपुर्ण फुटबल प्रतियाेगितामा सम्पन्न भएकाे छ ।

जनप्रतिनिधि र प्रमुख जिल्ला अधिकारी बिच भएकाे मैत्रिपुर्ण फुटबल प्रतियाेगितामा जनप्रतिनिधि ११-१ गाेलका विरुद्व ९ गाेलले पराजित भएकाे छ । प्रजिअ ११ काे तर्फबाट ४ गाेल गर्दै कालिमाटि गाउपािकाका प्रशासकिय अधिकृत हरि बहादुर खत्रिले ह्याट्रिक पुरा गरेका थिए ।

जनप्रतिनिधिबाट सल्यान प्रदेश सभाका सांसद गुलाबजंग शाह पुरै ९० मिनेट मैदानमै रहदा खेलमा राैनकता थपिएकाे थियाे । त्यस्तै प्रमुख जिल्ला अधिकारी कमलराज ढकाल र DSP विरेन्द्र बहादुर शाहिले पनि गाेल हान्ने प्रयास गरिरहदा खेल अझ राेचक बनेकाे थियाे ।

प्रकाशित मिति : २०७५ असोज ३ गते बुधवार