• २०७८ कार्तिक ८ गते सोमवार
  • Preeti To Unicode

धानबाली छाडेर सल्यानमा किसानहरु तरकारी खेतीमा आकर्षीत, लाखौंको आम्दानी


दुर्गा विसी
असोज ३, सल्यान ।
सल्यानको बन्गाड कुपिण्डे नगरपालीका वडा १ को आमखोलीमा तरकारीबाटै किसानले मनग्य आम्दानी गर्ने गरेका छन् । उनीहरुले एक सिजनमा मात्रै १ लाख देखि डेढ लाख सम्म आम्दानी गर्ने गरेका छन् । टमाटर, वन्दागोपि, काउली, काँक्रा, सिमी, आलु लगाएतको ताजा तरकारी बाटै किसानहरुले राम्रो आम्दानी गर्दै आएका छन् ।

तरकारी खेतीको लागि ५ वर्ष अघि देखिबाट विष्णु आमखोली ताजा तरकारी समुह गठन गरि तरकारी सुरुवात गरेका किसाहरु तरकारीबाट मनग्य आम्दानी हुन थाले पछि निक्कै उत्साहित वनेका छन् । उच्च मुल्य कृर्षि वस्तु विकास आयोजनाको १३ लाख अनुदान सहयोग र किसानको ९ लाख लगानी गरि २२ लाख लगानीमा २४ वटा ट्रर्नेल निर्माण गरिएको छ ।

तरकारीबाटै एक सिजनमा ५० हजार देखि १ लाख बराबरको आम्दानी गर्ने गरेको अगुवा किसान टोपवहादुर वुढाक्षेत्रीले वताए । धान भन्दा तरकारीबाटै फाईदा हुने भएकोले उनिहरु धान लगाउन छाडेर तरकारी खेतीमा वढि आकर्षित वनेका छन् । किसानले फलाएको सिजनल तरकारीले कहिले काँहि वजार भाउ नपाउँदा वारी मै कुहिने समेत गरेको उनीहरु ताउछन् ।

सोचेको भन्दा कहिले काँहि राम्रो उत्पादन भईदिदाँ तरकारीले वजार भाउ नपाउने अर्का किसान तुङ्ग वि.सीले वताए । तरकारीबाटै आमखोली आसपासका किसानले वर्षेनी लाखौ आम्दानी गर्ने गरेका छन् । तर आपुहरुले फलाएको तरकारीले वजार भाउ नपाएको उनिहरुको दुखेसो छ ।

प्रकाशित मिति : २०७५ असोज ३ गते बुधवार