• २०७८ कार्तिक ४ गते बिहिवार
  • Preeti To Unicode

सल्यानको अखिल क्रान्तिकारी संगठन विस्तार तथा सुदृढ अभियानमा


लेकाली अनलाइन
असोज ३, सल्यान ।
संगठन विस्तार तथा सुदृढ अभियानमा रहेकाबेला विप्लव नेतृत्वमा रहेको नेकपा निकट अखिल क्रान्तिकारी सल्यान अहिलेका स्थानिय तहहरुमा एरिया कमिटी निर्माणमा लागेको छ ।

मंगलबार क्रान्तिकारीले दार्मामा सम्मेलन गरेर एरिया कमिटी निर्माण गरिसकेपछि ४ स्थानिय तहमा विद्यार्थीको कमिटी निर्माण गरिसकेको जनाएको हो । दार्मामा भएको कार्यक्रमलाई सम्बोधनका क्रममा प्रमुख अतिथी संगठनका केन्द्रिय सदस्य दिपक विष्टले सरकारले फाँसिवादी रवैया अपनाएर नेता कार्यकर्तालाई गिरफ्तार गरेको भन्दै रिहा नगरे प्रतिरोध गर्ने जनाएका छन ।

बागचौर, कुमाख, सिद्धकुमाख र दार्मा गरि ४ स्थानिय तहमा संगठन निर्माण गरेको संगठनले पार्टीको संगठन विस्तार तथा सुदृढ अभियान संगसंगै विद्यालय स्तरमा पनि संगठन निर्माण तथा विस्तार गर्दै गरेको संगठनका जिल्ला अध्यक्ष टंक केसीले जानकारी दिएका छन ।

भल्चौरमा भएको कार्यक्रममा पार्टीका दार्मा इन्चार्ज मोहन पुरुषले पनि मन्तव्य राखेका थिए । संगठनका गाउपालिका कमिटी इन्चार्ज राजेन्द्र खड्काको अध्यक्षतामा भएको कार्यक्रममा दार्मा गाउपालिका विभिन्न विद्यालयका विद्यार्थीको सहभागिता रहेको थियो ।

कार्यक्रमबाट लोकेन्द्र बस्नेतको अध्यक्षतामा १७ एरिया कमिटी निर्माण भएको संगठनले जनाएको छ ।

प्रकाशित मिति : २०७५ असोज ३ गते बुधवार