असोज ३, दाङ । दाङ जिल्लामै पहिलो स्पोर्टस् ट्रेर्निङ सेन्टर सञ्चालन आउने भएको छ । तुलसीपुरमा ज्ञान ज्योती स्पोर्टस् ट्रेनिङ सेन्टर सञ्चालनमा आउन लागेको बुधबार पत्रकार सम्मेलन गरि जानकारी गराईएको थियो । खेलकुदलाई ब्यबसायीक रुपमा लैजाने, राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न स्पोर्टस् ट्रेनिङ् सेन्टर स्थापन गरिएको सेन्टर सञ्चालक समितिका अध्यक्ष सुरेन्द्र जिसीले बताए । दाङमा खेलिने सबै ईनडोर र आउटडोर खेलहरुको ट्रेनिङ दिने उनले पत्रकार सम्मेलनमा जानकारी गराएका थिए ।
फूटवल, क्रिकेट, तेक्वान्दो, कराते,ह्यान्डबल, मार्सल आर्ट, जुडो, ब्याडमिनटन, भलिबल, कबड्डीलगायतका खेलहरु खेलाईने ट्रेनिङ सेन्टर सञ्चालक समितिका सदस्य अरुण लहरेले बताए । यो दाङमा नयाँ अभ्यास भएको उनले बताए ।