• २०८० मङ्सिर १९ गते मङ्गलवार
  • Preeti To Unicode

breaking: दाङबाट काठमाण्डौ हिडेका दुईओटा नाइट बसमा तोडफोड


लेकाली अनलाइन
असोज ३, रुपन्देही ।

दाङबाट काठमाण्डौ हिडेका दुईओटा नाइट बसमा अज्ञात समुहले तोडफोड गरेका छन् ।

बुधबार बेलुका दाङ तुलसीपुरबाट काठमाण्डौंको लागी छुटेको राप्ती यातायातको ना ६ ख ५०३९ र साहारा यातायातको ना ६ ख ९२८ नम्बरको बसमाथी रुपन्देहिको सिवपुरमा राती १० बजे अज्ञात समुहले आक्रमन गरेका हुन् । गुडीरहेका उक्त बसमा सडक माथीबाट अज्ञात समुहले ढुंगा प्रहार गरेको घटनास्थलबाट यात्रु प्रेम प्रकाश ओलीले लेकाली अनलाइनलाई जानकारी दिए ।

आक्रमनबाट तिन जना यात्रु सामान्य घाइते भएका छन् भने दुईओटै बसका सिसामा क्षेती पुगेको छ ।

 

प्रकाशित मिति : २०७५ असोज ३ गते बुधवार