ओमप्रकाश गुप्ता
असोज ५, भालुवाङ ।
दाङ देउखुरीको राप्ती गाउँपालिका ४ मौरीघाटमा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।
शुक्रवार दिउसो करिव १ बजेको समयमा कृष्ण प्रसाद पौडेलको घरको छड ढलानको काम गरिरहेका बेला छडले विद्युतको तार छुदा उनीहरुलाई करेन्ट लागेको हो । करेन्ट लागेर राप्ती गाउँपालिका ७ बड्का सिसहनियाँ निवासी २७ वर्षिय सुनिल चौधरीको घटना स्थलमै मृत्यु भएको छ । भने सोही ठाउँ निवासी २२ वर्षिय सदन चौधरी घाइते भएका छन् ।
घाइते चौधरीको लमही अस्पतालमा उपचार भइरहेको छ । भने मृतकलाई पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी रामप्रसाद घर्तीले जानकारी दिएका छन् ।