• २०८० मङ्सिर १५ गते शुक्रवार
  • Preeti To Unicode

भारतको राजस्थानमा अन्तर्राष्ट्रिय मिडिया सम्मेलन सुरु


असोज ५ , भारत । अाज देखि भारतकाे राजस्थानमा अन्तर्राष्ट्रिय मिडिया सम्मेलन सुरु भएको छ ।ब्रम्हकुमारि ईश्वरी बिश्वबिद्धालय राजयाेग प्रशिक्षण मुख्यालय अन्तर्गत मिडिया वईङ्सले अायाेजना गरेको सम्मेलनमा नेपाल लगायत बिश्व भरका सैयाै मिडियाकर्मिहरुकाे सहभागीता रहेको छ ।माउण्ट अाबु स्थित वनमा ” बेहतर बिश्व के निर्माण के लिए प्रबुद्ध मिडिया ” भन्ने मुख नाराका साथ सुरुभएकाे सम्मेलनमा नेपालबाट नेपाल पत्रकार महासङघका केन्द्रीय बरिष्ठ उपाध्यक्ष बिपुल पोख्रेलकाे नेतृत्वमा एकसए बढि पत्रकार हरु सहभागी भएका छन भने नेपालकाे तर्फबाट पोख्रेलले सम्मेलनमा सात मिनेट सम्बाेधन गर्ने कार्यक्रम समेत तय भएको छ । सम्मेलनमा पत्रकार महासङघका पुर्व अध्यक्ष लगाएत विभिन्नसञ्चार सङगठन र मिडियाका प्रमुखहरु समेत सहभागी भएका छन ।
सम्मेलन सेप्टेम्बर २५ सम्म जारि रहने राजयाेग प्रशिक्षक माधब तिमिल्सेनाले जानकारी दिएका छन ।उदघाटन सम्मेलनमा भारतिय प्रधानमन्त्री नरेन्द्र माेदिकाे शुभकामना समेत प्रस्तुत गरिएको थियाे । शुभकामनामा उनले अाेम शान्तिले बिश्वका हरेक कुनामा शान्ति स्थापनामा खेलेको भुमिकाकाे प्रशम्सा समेत गरिएको छ । उनले याेगकाे अाध्यात्मिक शक्ति बाट समाजलाई सकारात्मक माेडमा पुर्याउन सहयात्रीकाे भुमिका खेलेकाे भन्दै यस महान बिचारले भारतकाे नमा अझ उज्यालो वनाउन भुमिका खेल्न सफल भएको उल्लेख गरेका छन ।
उदघाटन कार्यक्रममा एम एलए डिएस पटेल,बिके बिबेक,बिके ईन्जिनियर भरत र बिके बिजय लगाएतले शुभकामना ब्यक्त गरेका थिय । कार्यक्रममा विभिन्न प्रदेशका नृत्यहरु समेत प्रस्तुत गरिएको थियाे ।

प्रकाशित मिति : २०७५ असोज ५ गते शुक्रवार