सल्यान खरीबोट–बाफुखोला सडकको विवाद टुंगो : नयाँ सडक बनाउने निर्णय, १२ नं. वडा रुष्ट


लेकाली अनलाइन
असोज ६, सल्यान ।
सल्यानको बागचौर नगरपालिका भित्र पर्ने खरीबोट–बाफुखोला सडक खण्डको नयाँ सडक कायम हुनेगरी विवाद मिलेको सडक संघर्ष समितीले जनाएको छ ।

एकिकृत शहरी विकास केन्द्रबाट सडक कालोपत्रेको लागि भन्दै सडकमा ४० करोडको बजेट विनियोजित गरिएको थियो । राप्ती लोकमार्गको खरिवोट–टाट्के हुदै बाँफुखोला जोड्ने उक्त सडकको कालोपत्रे गर्ने सम्बन्धमा डिपिआरको काम अघि बढ्नै लाग्दा एकाएक कुन ठाउँबाट बाटो लाग्ने भन्ने कुराले त्यहाँ विवाद सुरु भएको थियो ।

विवाद समाधानको लागी गठित नेकपाका नेता तिलक मल्ल ‘क्षितिज’ को अध्यक्षतामा शुक्रबार बागचौर नगरपालिकामा बसेको बैठकले विवाद समाधान गरेको जनाएको छ । यस अघि दुई ओटा रुडमा आ–आफ्नो दावी गर्दै बनेका सडक संघर्ष समितीले घोषणा गरेका सम्पूर्ण कार्यक्रमहरू पनि फिर्ता लिएको जनाएका छन् ।

बैठकले टाट्के देखी चौफारी सम्मकोे पुरानो बाटोकोलाई हटाएर टाट्के–खारागाउ–तिर्सेखोली–एक्ले उत्तिस हुँदै चौफारी जोड्ने नयाँ सडक बनाउने निर्णय गरेको छ । यस अघि पनि नयाँ सडक संघर्ष समितीले पनि यही माग गरेको थियो ।

बैठकले विवाद समाधानको लागी बैठकले गरेको सहमतिको निर्णय (माइन्युट सहित) बागचौर नगरपालिकाकाका नगर प्रमुख बुढाथोकीलाई बुझाएका छन् । नगरप्रमुखले विवाद समाधान भएको भन्दै आइतबार देखि पुनः सडक डिपिआरको कामले पूर्णता पाउने बताएका छन् ।

तर यसमा १२ नम्बर वडाले समर्थन जनाएको छैन् । वडा अध्यक्ष दिपक ओलीले पुरानो सडकलाई मेटेर नयाँ बनाएको भन्दै आफ्नो वडाबासीको विरोध भएको बताएका छन् । लेकाली अनलाइन सँग कुरा गर्दै उनले सत्तावाला राजनितीक दलले आफुखुसी सडक बंग्याएको भन्दै बैठकबाट विरोध गर्दै आफु बाहिरेको बताए ।

उनले नयाँ सडक बनाउदा १३ बर्षदेखि प्रयोग गर्दै आएको पुरानो सडकको लगानी खेर जाने बताए । पुरानो सडक लत्याएर नयाँ सडक बनाउदा बजेट अपुग हुने र बाफुखोला सम्म पिच हुन नसक्ने  उनले  बताएका छन् । यो निर्णयले बाफुखोला बासीलाई अपमान गरेको वडा अध्यक्ष ओलीले बताए ।

यसअघि सडकको केहि भागमा जंगल मात्रै भएको र त्यो काम नलाग्ने भएकोले गाउँलाई समेटेर केहि मात्रमा नयाँ सडक बनाउनु पर्ने भन्दै दिपेन्द्र प्रकाश ओलीको संयोजतत्वमा गठित तल्लो सडक सरकारवाल तदर्थ (नयाँ सडक) समिती गठन गरिएको थियो ।

त्यस्तै पुरानो सडकलाई मास्दा करोडौको घाटा हुने र दुरी लामो हुने भन्दै विरोध स्वरुप डिल्ली बुढाको संयोजतत्वमा गठित खरिबोट–टाटके –कोटबारा–बाफुखोला (पुरानो) सडक संघर्ष समिती पनि गठन गरिएको थियो । विवाद मिले संगै यी दुबै संघर्ष समिति विघटन गर्ने सहमति भएको समितीले जनाएको छ ।

विवाद समाधानका लागी नेकपाका नेता तिलक मल्ल क्षितिज को अध्यक्षतामा बसेको बैठकमा नेकपाका नेता किर्तिबहादुर पुन ‘प्रकाण्ड’को विशेष आतिथ्यता रहेको थियो । बैठकमा वडा नं २ का अध्यक्ष घनश्याम शर्मा, वडा नं ११ का अध्यक्ष मोहन खड्का, वडा नं ७ का अध्यक्ष शेरबहादुर घर्ती, वडा नं ७ का सदस्य ओमकार वली, नेकपाका नेता जनक घर्ती, शोभाराम भण्डारी, नेकपाका स्थानीय नेता प्रेम डाँगी, सडक संघर्ष समितिका अध्यक्ष दिलबहादुर बुढा (डिल्ली बुढा) र सचिव खडक खड्का लगायतको उपस्थित रहेको थियो ।

सम्बन्धीत समाचार

सल्यान खरीबोट–बाँफुखोला सडक कालोपत्रे गर्ने कि नास गर्ने ?

खरिबोट–बाफुखोला पुरानै सडक कायम नभए जनप्रतिनिधीहरुलाई कारबाही गर्ने चेतावनी

४० करोडकाे बजेटले सल्यानकाे बागचाैरमा सडक विवाद, दुर्इ समिती बिच अाराेप-प्रत्याराे

फिल्डले पुरिएको सडक संघर्ष समितीले खाेल्छाैँ भन्दा बालकन्या माविकाे अापत्ती

खरिबाेट-बाफुखाेला सडक संघर्ष समितीले असाेज २ गते वडा कार्यालयहरु बन्द गर्ने

प्रकाशित मिति : २०७५ असोज ६ गते शनिवार