• २०८० मङ्सिर १७ गते आइतवार
  • Preeti To Unicode

प्रकाण्ड सहित तीन नेता सर्वोच्चमा उपस्थित, पुन: पक्राउ नगरेर रिहा हुने सम्भावना


असोज ७, काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डसहित तीन नेतालाई सर्वोच्च अदालतमा उपस्थिति गराइएको छ । बन्दी प्रत्यक्षीकरण रिटमाथिको बहस एकै दिन परेकोले तीनै नेतालाई सर्वोच्चमा उपस्थित गराइएको हो ।

प्रवक्ता प्रकाण्डलाई यसअघि पाँच चार पटकसम्म सर्वोच्चले रिहा गर्न आदेश दिएको थियो । प्रवक्ता प्रकाण्डको यो पाँचौं पटक सर्वोच्चमा उपस्थिति गराइएको छ ।

यसअघि प्रकाण्ड रिहा भएलगत्तै प्रहरीले अदालत परिसरबाटै पुनः गिरफ्तार गरेर प्रहरीले उदयपुर लगेको थियो । उनलाई आजै उदयपुरबाट काठमाडौँ ल्याइएको हो ।

त्यसैगरी नेकपाका पोलिट्ब्यूरो सदस्य उमा भुजेल ‘शिलु’ र केन्द्रीय सदस्य टेक बहादुर केसी ‘आजाद’को पनि बन्दी प्रत्यक्षीकरणको रिटमाथि बहस हुँदैछ ।

स्रोतका अनुसार प्रवक्ता आजै रिहा हुने सम्भावना छ । केही पहिला सरकारले गठन गरेको वार्ता टोली र गृहमन्त्री रामबहादुर थापाबीच भएको सहमतिअनुसार प्रकाण्ड रिहा हुने सम्भावन बढेको हो ।
प्रवक्ता प्रकाण्डको रिहाई र पुनः गिरफ्तारीले वार्ताा असहजता पैदा गरेको भन्दै वार्ता टोलीको संयोजक सोमप्रसाद पाण्डेले गृहमन्त्रीसँग रिहा गर्न आग्रह गरेको बताइएको थियो ।

पाण्डेले सार्वजनिक कार्यक्रममै प्रकाण्डसहितका नेताहरुलाई अदालतले रिहाईको आदेश गर्दा पनि पुनः गिरफ्तार गर्ने गरेकोले वार्तामा असहजता पैदा भएको बताएका थिए ।

प्रकाशित मिति : २०७५ असोज ७ गते आइतवार