मिना खड्का
असोज ७, सल्यान ।
कञ्चनपुरकी निर्मला पन्तको न्यायको माग गर्दै सल्यानका महिलाहरुले प्रधानमन्त्री लाई ज्ञापन पत्र पठाएका छन् ।
महिनौँ अघि बलत्कार पछि हत्या गरिएकी निर्मलाको अहिलेसम्म सरकारले हत्यारा पत्ता नलगाएर संरक्षण गर्न खोजेको भन्दै जिल्ला प्रशासन कार्यालय मार्फत आज प्रधानमन्त्रीलाई नेपाल महिला संघ जिल्ला कार्य समिति सल्यानले ज्ञापन पत्र पठाएको हो । हत्यारालाई वचाउने अभियानमा सुरक्षा संयन्त्र, सरकारका मन्त्रिहरु, सत्तारुढ दलका नेताहरु लगाएत सत्तारुढ दलका नेता र स्वयंम प्रधानमन्त्री लागेको महिला संघले पत्रमा लेखेको छ ।
महिला संघले जनतालाई पुरा गर्न नसकिने आश्वासन बाड्दै सत्तासिन हुन पुगेको सरकारले निर्मला पन्तका हत्यारालाई पत्ता लगाई कारबाहि गर्न र देशमा आतंक मच्चाई रहेको मुल्य वृद्धिलाई तत्काल रोक्न माग गरेको छ ।
साथै देशभर उत्पन्न आक्रोश बाट श्रृजना हुने आधिवेहरि बाट यो सरकारलाई वचाउन कसैले नसक्ने कुराको पनि चेतावनि दिएको छ ।
हेर्नुहोस् पत्र