• २०८० मङ्सिर १७ गते आइतवार
  • Preeti To Unicode

घर फर्के भन्छन् ‘बा’ले अनि ‘ज्या’ले, गोजिमा दाम छैन् म फर्किउर क्याले (भिडियो सहित)


लेकाली अनलाइन
असोज ८, सल्यान ।
मध्यपश्चिम क्षेत्रमा समेट्ने एउटा “गोजिमा दाम” बोलको टप्पा गित सार्वजनिक भएको छ ।

धन कमाउन बिदेश गएको कुरालाई समेटेर गीत तयार पारिएको छ । छोरो बिदेशमा गएको र आमाबुबाले घरमा बोलाउदा पैसा नभएर फर्कन नसकेको कुरालाई गीतमा व्यक्त गरिएको छ । मध्यपश्चिम क्षेत्रमा प्राय बोलिने भाषालाई गीतमा भनिएको छ– “घर फर्के भन्छन् बाले अनि ज्याले, गोजिमा दाम छैन म फर्किउर क्याले ।”

यो गीत रुकुम नुवाकोट घर भएका गायक लोकेन्द्र चन्दले ल्याएका हुन् । गितमा उनै लोकेन्द्र चन्दको आवाज रहेको छ । भद्र नकालको मौलिक लय भएको यो गितको रचना लोकप्रिय सर्जक डम्बर चन्द (बगरले) गरेका छन् ।

गितको म्युजिक भिडियोमा रुकुमेली नव मोडेल शशिराम मगर र मोडेल दिपसा बिसिले नृत्य अभिनय गरेका छन् । सागर गौतमले केमरा खिचेको यो गितमा पछिल्नो चरणमा राम्रो निर्देशक मान्सिङ खड्काले निर्देशन गरेका छन् भने भिडियो सम्पादन नवीन घर्तिले गरेका छन् ।

भिडियो

प्रकाशित मिति : २०७५ असोज ८ गते सोमवार