• २०७८ कार्तिक ८ गते सोमवार
  • Preeti To Unicode

फेरी झ्यामकाे टावर बिग्रदा सल्यान र सुर्खेतका नागरिक फाेन सेवाबाट बन्चित


इन्द्र बुुुुढाथोकी
असोज ८, सल्यान ।
सुर्खेत सिम्ता गाउँपालिका वडा न ३ झ्याममा रहेको नमस्तेको टावरमा खराबी हुदा त्यस क्षेत्रका नागरिक टेलीफोन सेवाबाट बन्चित भएका छन । झ्याममा रहेको नमस्तेको टावरमा बिगत शनिबार देखि समस्या देखिएको सुर्खेत सिम्ता गाउँपालिका ३ न वडा अध्यक्ष नहकुल बुढाले जानकारी दिए ।

गत साउन २५ गते पनि टावरमा समस्या आएको थियोे । पटकपटक त्यस क्षेत्रमा रहेको नमस्तेको टावरमा खराबी आउँदा सुर्खेत सिम्ता गाउपालिकाको केन्द्र जामुुुने बजार वडा न १ को घोरेरी, २ न को काफलकोट, ३ न को आग्रीगाउ, ४ न को बजेटिचौर र सल्यान बनगाड कुपिन्डे नगरपालिकाको वडा न १ को नाम्रा,२ न को बामे घर्तिगाउ ,३ न को बामे औलबेशी लगाएतका वडा बासी टेलिफोन सेवा बाट बन्चित भएका छन ।

अध्यक्ष बुढाका अनुसार वडा कार्यालयहरुमा फोन सेवा अवरुद्ध हुँदा जनताहरुको प्रत्यक्ष बाहेक टेलीफोन बाट हुने काम प्रभावित भएको र जनताले दुख पाएको गुनासो छ । आफुले नेपाल टेलिकम कार्यालय सुर्खेत लाई बुझ्दा आफुहरुलाइ कुनै जानकारी नभएको र त्यसको बारेमा नेपाल टेलिकम कार्यालय बाके नेपालगन्जलाई जानकारी हुने बताएको अध्यक्ष बुढाले जानकारी दिएका छन ।
यता सल्यान बनगाड कुपिण्डे नगरपालिका वडा न २ सामाजिक परिचालन वीरेन्द्र पुनका अनुसार आफ्नो कार्यालय र गाउँ घरका टोलहरुमा टेलिफोनले काम नगर्दा २, ३ घन्टा हिडेर डाडाकाडा पुगेर टेलीफोन गर्नु पर्ने बाध्यता रहेको बताएका छन ।

आफ्ना आफन्त लगाएत वडाका काम काजको विषयमा कुराकानी गर्न पर्दा घण्टौ हिडेर डाडाकाडा पुगेर फोन गर्ना बाध्य भएको जानकारी दिएका छन । उता नेपाल टेलिकम नेपालगन्ज बाकेका
प्राबिधिक शिव खनालका अनुसार त्यस क्षेत्रमा प्राबिधिकहरुको टोलि पठाइसकेको र के खराबी आएको छ भने कुरा जानकारी नभएको बताएका छन ।

प्रकाशित मिति : २०७५ असोज ८ गते सोमवार