डेढ करोडमा बन्न लागेकाे जिल्ला अस्पताल सल्यानकाे काम यस्ताे छ ?


लेकाली अनलाइन
असोज८, सल्यान ।
करिब डेढ करोडको लागतमा जिल्ला अस्पताल सल्यानमा बन्न लागेकाे नयाँ भवनकाे निर्माण काम तिब्र गतिमा अगाडी बढेकाे छ । भवनको गत भदौँ १३ गते शिलान्यास गरिएकाे थियाे ।

जिल्लाको सदरमुकाम खलंगामा रहेको अस्पताललाई शारदा नगरपालिका सल्यानले १ करोड ४१ लाख ६९ हजार ४ सय ७६ रुपैयाँको लागतमा भवन निर्माण गर्ने गरि जिम्मा दिएको छ । तीन तलाको बन्न लागेको भवनमा सबै भन्दा तल्लो तलामा ओपीडी वार्ड, दोस्रो तलामा बिरामी भर्ना गर्ने ठाउँ र तेस्रो तलामा तालिम हल र क्वार्टरको रुपमा प्रयोग गरिने गरि भवनको डिजाईन गरिएको छ ।

यस भवनको निर्माण सँगै जनताले थप छिटो र छरितो रुपमा सेवा पाउने अपेक्षा गरेका छन् ।

प्रकाशित मिति : २०७५ असोज ८ गते सोमवार