• २०७८ कार्तिक ८ गते सोमवार
  • Preeti To Unicode

पाँच सय रुपैयाँ माग्दा सल्यानमा दाईले अाफ्नै भाईको हत्या गरे


लेकाली अनलाइन
असोज ९, सल्यान ।
पाँच सय रुपैयाँ माग्दा सल्यानमा दाईले अाफ्नै भाईको हत्या गरेका छन् ।

जिल्लाको शारदा नगरपालिका १ श्रीनगर स्थित केशरसिंह बुढाथोकीले आफ्नै भाइ प्रकाश बुढाथोकीको हत्या गरेका हुन् । गएको भदौ १८ गते कोठामा प्रकाश मृत अवस्थामा फेला परेका थिए । श‌ंकास्पद अवस्थामा मृत भेटिएपछि प्रहरीले अनुसन्धान कार्यलाई अगाडि बढाएको थियो ।

प्रहरीको अनुसन्धानमा दाइ केशरले भाईको हत्या गरेको स्विकार गरेका छन् ।  जिल्ला प्रहरी कार्यालय सल्यानले २२ दिन पछि अाज घटनाको रहस्य खुलेकाे भन्दै पत्रकार सम्मेलन मार्फत जानकारी दिएकाे हाे ।

प्रहरीका अनुसार भदाै १८ गते भाई प्रकाशले दार्इ केशरसँग ५ सय रुपैयाँ मागेको तर दाईले सय रुपैयाँ मात्रै दिन खोज्दा घटना भएको हो । “भाईले म सँग ५ सय रुपैया मागेको थियोे, मैले सधै कति सताउछस्, सय रुपैयाँ लैजा भन्दा विवाद भएको हो”- प्रहरीसँगको बयानमा अभियुक्त केशरले भनेका छन् ।

दुवैको विवाद हुँदा भाईले सुरुमा दाईको छाती हानेको त्यसपछि दाईले भाईको घाँटीमा दुईपटक हातले हानेर विस्तरामा लडाएको बयानमा उल्लेख गरिएको छ । “विस्तरामा भाइ लडेपछि अब उसकाे ज्यान गयो, म फस्छु भनी टाइको पासो बनार्इ मारेर अात्महत्या गरे जस्ताे बनाएकाे हुँ”- दाइ केशर सिंह बुढाथोकीले जिल्ला प्रहरी कार्यालय सल्यानमा बयान दिएका छन् ।

अभियुक्त उनलाई अहिले प्रहरी हिरासतमा राखिएको र अबको १-२ दिनमा सबै फाइल सहित जिल्ला अदालत सल्यानमा पठाईने जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

त्यस्तै दुर्इ दाजु भार्इकाे झगडा हुँदा दार्इ केशरकी श्रीमती दिपा वस्नेत (बुढाथाेकी)ले छुटाउने प्रयास गरेकाे तर  झगडा सामान्य हाेला भनी ध्यान नदिए भान्सा काेठामा खाना पकाउन गएकी थिइन् । सुत्ने काेठा भन्दा भान्सा काेठा अलिकती टाढा भएकाे र दिपाकाे देवर मार्नमा अहिलेसम्म कुनै स‌ंलग्नता नदेखिएकाेले उनलार्इ हाजिरी जवानीमा छाेडिएकाे प्रहरीले बताएकाे छ। उनकाे पनि अनुसन्धान कार्य भइरहेकाे जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएकाे छ ।

प्रकाशित मिति : २०७५ असोज ९ गते मङ्गलवार