लेकाली अनलाइन
असोज ९, काठमाण्डौँ ।
विप्लव नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टीका प्रबक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ४९ दिनपछि आज रिहा भएका छन्।
गत साउन २२ गते काठमाडौंको चोभारबाट २ कार्यकर्तासँगै गिरफ्तार परेका प्रकाण्ड आज ४९ दिनपछि रिहा भएका हुन् । सर्वोच्चले पटकपटक रिहा गर्न आदेश दिएपनि प्रहरीले भने उनलाई सर्वोच्च परिसरबाटै ४ पटक गिरफ्तार गरेर झुटा मुद्दामा बिभिन्न जिल्ला घुमाएको थियो ।
रिहालगत्तै नेकपा कार्यकर्ताले उनलाई भब्य स्वागत गरेका छन् । फूलमाला र खादा लगाएर नेकपा नेता कार्यकर्ताले नारावाजी गरेका छन् ।
सम्मानको लागि अाएको नेता-कार्यकर्ता र समर्थकहरुलाई सम्बोधन गर्दै प्रकाण्डले अाफ्ना सबै नेता-कार्यकर्तालाई तत्काल रिहा गर्न अाग्रह गरे । उनले जेल हालेर अाफ्नो पार्टीलाई अवरोध नगर्न समेत चेतावनी दिए ।
मंगलबार पाँचौ पटक परेको बन्द प्रत्यक्षीकरण रिटमाथि न्यायाधीश अनिलकुमार सिन्हा र टंकबहादुर मोक्तानको संयुक्त इजलासले पुनः प्रकाण्डलाई छाड्न आदेश दिएको हो ।
तर, प्रकाण्डलाई पुन पक्राउ गरिएको भन्दै सर्वोच्चले भनेको छ, आदेशको सम्मान भएको नदेखिउकाले नेपाल सरकार, गृह मन्त्रालयका सचिवलाई आवश्यक कार्यार्थ यो आदेशको प्रतिलिपी पठाउनू ।’
सर्वोच्च आदेशसँग प्रकाण्ड थुनामुक्त भएका छन् । यसपटक भने उनलाई प्रहरीले पुनः पक्राउ गरेको छैन ।