सल्यानमा बहुबिबाह मुद्दामा फरार भएका दुईजना झण्डै ११ बर्षपछि पक्राउ


लेकाली अनलाइन
असोज १०, सल्यान ।

सल्यानमा बहुबिबाह मुद्दामा फरार भएका दुईजना व्यक्ती झण्डै ११ बर्षपछि पक्राउ परेका छन् ।

जिल्लाको साविक छाँयाछेत्र गाविस वडा नम्बर ४ घर भएर हाल दाङको तुल्सीपुर उप(महानगरपालिका वडा नम्बर ५ नयाँ बसपार्क बस्ने ४० बर्षीय चन्द्र बहादुर खड्का र ३४ बर्षीया पार्वती रावत (खड्का ) पक्राउ परेका हुन् । उनिहरुलाई २०६४ माघ ६ गते बहुबिबाहमा मुद्दमा दोषी ठहर गर्दै जिल्ला अदालत सल्यानले जनही २ बर्षको कैद र ५ हजार जरिवाना फैसला तोकेको थियो ।

उक्त समयको करिब ११ बर्षपछि उनिहरु हिजो मंगलबार पक्राउ परेका हुन् । उनिहरु दुवैलाई तुल्सीपुरको नयाँ बसपार्कबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

उक्त प्रतिवादी दुवै जनालाई जिल्ला अदालत सल्यानमा उपस्थित गराएर मंगलबार नै जेल चलान गरिएको छ ।

संकेतिक फाेटाे फाइल

प्रकाशित मिति : २०७५ असोज १० गते बुधवार