• २०७८ कार्तिक ४ गते बिहिवार
  • Preeti To Unicode

बढ्दाे महङ्गीलार्इ फिर्ता गर्न विप्लव निकट अखिल क्रान्तिकारी सल्यानकाे माग


लेकाली अनलाइन
असोज १०, सल्यान ।

देशमा बढ्दाे महङ्गीलार्इ फिर्ता गर्न विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टी निकटकाे अखिल क्रान्तिकारी सल्यानले माग गरेकाे छ ।

दशै र तिहारकाे मुखमा अाएर गरिबी र बेरोजगारीले पिल्सिएका जनतालाई सेवा सहुलियत दिनुको सट्टा उल्टै १० प्रतिशत भाडा वृद्धि गरेकाे भन्दै उक्त स‌ंगठनले विराेध जनाएकाे छ । स‌ंगठनका जिल्ला अध्यक्ष टंक प्रकाश केसीले अाज एक विज्ञप्ती जारी गर्दै महिनामा पाँच पटक सम्म पेट्रोलियम पदार्थकाे मुल्य वृद्धि गर्नु लज्जास्पद कुरा भएकाे बताएका छन् ।

विज्ञप्तीमा भनिएकाे छ- “देश राष्ट्रघात, जनघात, भ्रष्टाचार, कालाेबजारि र महङ्गीले नेपाली जनताको जीवन असाध्यै कष्टकर र अाक्रान्त छ। जसको असर नेपाली अर्थबजारमा देख्न सकिन्छ ।कथित दुईतिहाइकाे प्रपन्च जप्दै अाएकाे वाम सरकार नेपाली जनता मा महङ्गि थुपारिरहेकाे छ ।” गरिबी र बेरोजगारी ले पिल्सिएका नेपाली जनताले कहिले बामपंथी सरकार भएको अनुभुती कसरी गर्न पाउने हुन भन्दै क्रान्तिकारीले प्रश्न गरेकाे छ ।

पेट्रोलियम पदार्थ तथा यातायात भाडामा वृद्धि गरिएको १० प्रतिशत भाडा फिर्ता गर्न साे संगठनले विज्ञप्तीमार्फत जाेडदार माग गरेकाे छ । त्यस्तै महङ्गी र कालाबजारिका विरुद्ध संघर्षमा हाेमिनका लागी सम्पूर्ण युवा, विद्यार्थी र अाम जनसमुदायलार्इ क्रान्तिकारीले  तयार रहन अपिल गरेकाे छ ।

विज्ञप्ती

 

प्रकाशित मिति : २०७५ असोज १० गते बुधवार