• २०७८ कार्तिक ११ गते बिहिवार
  • Preeti To Unicode

नेकपा राेल्पाकाे कडा चेतावनीपछि जिल्ला सेक्रेटरी सन्तोष सुबेदी रिहा


असोज १०, रोल्पा ।

नेपाल कम्युनिष्ट पार्टी रोल्पाकाे कडा चेतावनीपछि जिल्ला सेक्रेटरी सन्तोष सुबेदी ‘प्रयास’रिहा भएका छन् । उनलार्इ जिल्ला प्रसासन कार्यालय रोल्पाले बुधबार बेलुका रिहा गरेको नेकपा रोल्पाका कार्यबाहक सेक्रेटरी लाल बहादुर ओली ‘बिश्व’ले जानकारी दिए ।

सुवेदीको गिरफ्तारी गैर न्यायिक भएको भन्दै आज (बुधबार) जिल्ला वन्दको आह्वानसंगै जिल्ला भरका सम्पूर्ण वडा कार्यालयहरुमा समेत तालाबन्दी गरेको थियो । आफ्नो पार्टीका जिल्ला सेक्रेटरी प्रयासलाई प्रहरीले नछोडेसम्म वडा कार्यालयहरुलाई कामकाज गर्न नदिने नेकपा रोल्पाले कडा चेतावनी समेत दिएको थियो ।

पार्टी अभियानका शिलसिलामा रोल्पा नगरपालिका १० धवाङ पुगेका सुवेदीलाई केही दिन अघि सोही स्थानवाट प्रहरीले पक्राउ गरेको थियो ।

प्रतिनिधि सभा निर्वाचनका क्रममा यस अघि पनि लामो समय हिरासत वसेर रिहा भएका सुवेदीलाई प्रहरीले पुनः पक्राउ गरेको थियो । सन्तोष तत्कालिन माओवादी केन्द्रका प्रभावशाली नेता झक्कु सुवेदीका छोरा हुन ।

उनी केही वर्ष अघि तत्कालिन नेकपा माओवादी केन्द्र परित्याग गरि विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका थिए । नेपाल कम्युनिष्ट पार्टी भित्र वौद्धिक र हक्की नेता मानिने सुवेदी सो पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवका विश्वासपात्र मानिन्छन ।

संबन्धित समाचार

विप्लव नेकपाकाे रोल्पा बन्दले जनजीवन प्रभावित, वडा कार्यालयहरुमा तालाबन्दी

प्रकाशित मिति : २०७५ असोज १० गते बुधवार