लेकाली अनलाइन
असोज १०, बुटवल ।
नेपाल कम्युनिस्ट पार्टीका नेता एवं केन्द्रीय सदस्य चन्द्रबहादुर खडका ‘असल’लाई अदालतको आदेशमा रिहा भएलगत्तै प्रहरीले पुनः नियन्त्रणमा लिएर हिरासतमा राखेको छ ।
‘विष्फोटक पदार्थ’ को मुद्दा लगाइएका असललाई भदौ ४ गते रुपन्देही जिल्ला अदालतको न्यायाधीश हिमलाल बेल्वासेको एकल इजलासले पाँच हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो । धरौटी रकम नबुझाउँदा उनलाई सोही दिन सिद्धार्थनगरस्थित जिल्ला कारागारमा चलान गरिएको थियो ।
आज धरौटी रकम बुझाएर बाहिर निस्कने बित्तिकै इलाका प्रहरी कार्यालय बुटवलबाट गएको प्रहरीको टोलीले गिरफ्तार गरेकाे हो । आज रात यही राखेर भोलिनै मकवानपुर प्रहरीको जिम्मा लगाइदिने इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
मकवानपुरको पालुङस्थित ‘आगजनी’ गरेर ‘संगठित अपराध’ गरेको अभियोग असलमाथि रहेकोले मकवानपुर पैठाउन लागिएको कार्यालयले जनाएको छ । साथै असलमाथि कालिकोटमा पनि बम विष्फोट अभियोग रहेको कुरा रुपन्देही जिल्ला अदालतमा यसअघि बहसमा प्रस्तुत गरिएको अभियोगपत्रमा खुलासा कार्यालयले गरेको छ ।
असललाई पार्टी कामको सिलसिलामा सल्यानबाट काठमाडौं गइरहेको बेला गएको भदौ ५ गते धादिङको नौबिसेबाट सादा पोशाकका नकावधारीको एक दर्जनको प्रहरी टोलीले बसबाट ओरोलेर गिरफ्तार गरेको थियो । त्यसपछि भोलिपल्ट बिहान ९ बजेतिर काठमाडौंको टेकु प्रहरी कार्यालयबाट सार्वजनिक गरियो । गिरफ्तार रातभर चरमरुपमा शारीरिक यातना र मानसिक यातना दिइएको थियो । यातनाबाट असलको टाउको र पैदलमा गहिरो चोट लागेको छ । उपचारको अभावमा उनी अहिले उभिन र सिधा बस्न सक्दैनन् ।
त्यसको भोलिपल्ट ७ गते बुटवल उपमहानगरपालिका–२ स्थित जितगढी किल्लास्थित फुलबारीक्षेत्रभित्र रहेको भारतीय पेन्सन क्याम्पमा ‘बम विष्फोट’को अभियोगमा बुटवल लगिएको थियो । उनलाई त्यहाँ आन्तरिक उडानबाट भैरहवा अवतरण गराई लगिएको थियो ।
असल क्षेत्री पक्राउका समाचारहरु
नेकपा असल क्षेत्रीका विषयमा अदालतसमक्ष प्रहरीको ‘अनौठो’ अनुरोध
विप्लव नेकपाका असल क्षेत्रीलाई ४८ घण्टासम्म अमानविय यातना र मानसिक तनाव दिइयो
प्रधानमन्त्री अाेलीको सुरक्षामा चुनौति भन्दै सल्यानका असल क्षेत्रीलार्इ पक्राउ गरिएको आरोप
असलकी अामा भन्छिन्- ‘बुबालार्इ मारिदिए, त्यही रगतबाट बनेको सरकारले छाेरालार्इ पक्राउ गर्याे’
सल्यान घर भएका विप्लव पार्टीका केन्द्रीय सदस्य असल क्षेत्रीलार्इ गिरफ्तार गरेर बेपत्ता बनाइयाे