• २०७८ कार्तिक ९ गते मङ्गलवार
  • Preeti To Unicode

सरकारले काम गर्न सकेन, अब प्रधामन्त्रीसँग गम्भीर छलफल हुन्छ : प्रचण्ड


लेकाली अनलाइन
असोज १०, काठमाण्डौँ ।
नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले जनचाहना अनुसारको काम गर्न नसकेको स्वीकार गरेका छन् ।

नेपाल पर्यटन यातायात व्यवसायी संघको १५ औं साधारण सभाको बुधबार काठमाडौंमा उद्घाटन गर्दै उनले जनचाहना अनुसारको काम सरकारले गर्न नसकेकाले पार्टी र सरकारले समिक्षा गर्ने बताए । प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्केपछि सरकारको कामलाई प्रभावकारी बनाउने विषयमा गम्भीर छलफल हुने उनको भनाई थियो ।

अध्यक्ष प्रचण्डले नेपालको आर्थिक क्षेत्रको मेरुदन्डकारुपमा रहेको पर्यटन उद्योगको विकासबिना मुलुकको समृद्धि अगाडि बढ्न नसक्ने बताए । पर्यटन क्षेत्रलाई सरकारले प्राथमिकता दिनुपर्ने उनको भनाई थियो ।

पञ्चायतकालीन ऐन–कानुन विकासमा बाधक देखिएकाले त्यस्ता कानुन परिमार्जन गर्नुपर्नेमा उनले जोड दिए । अध्यक्ष प्रचण्डले सरकारले व्यवसायीमाथि थिचोमिचो र सौतेनी व्यवहार नगरी सहुलियत दिनुपर्ने पनि बताए ।

प्रकाशित मिति : २०७५ असोज १० गते बुधवार