• २०७८ कार्तिक १ गते सोमवार
  • Preeti To Unicode

सल्यानकी दिपाको २० बर्षको उमेरमा घुँडामा क्यान्सर हुँदा सहयोगको लागी अपिल


मिना खड्का
असोज १२, सल्यान ।
सल्यानको बागचौर नगरपालिका वडा नम्बर २ निवासी दिपा डाँगीको घुँडामा क्यान्सर लाग्दा उपचारको लागी परिवारले सबैलाई आग्रह गरेको छ ।

२० बर्षको कलीलो उमेरमा उनको बायाँ घुँडामा क्यान्सर हुँदा घुँडाको संक्रमित हड्डी निकालेर कृतिम घुँडाको हड्डि राख्नलाई शल्यक्रिया गर्नुपर्ने भएकोले सहयोगको लागी सबैलाई आग्रह गरिएको दाई नवराज डाँगीले बताएका छन् । पारिवारीक आर्थीक अबस्था कमजोर भएको र घुँडा अप्रेसनको लागी ५ लाख रुपैयाँ भन्दा धेरै लाग्ने भएकोले सहयोगको लागि अनुरोध गरेको दाई नवराजले लेकाली अनलाइनलाई बताए ।

अहिले उनीलाई काठमाण्डौँमा रहेको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार को लागि भर्ना गरीएको र पैसा जम्मा नहुन्जेलसम्म अप्रेसन नगराईने डाक्टरहरुले बताउदै आएका छन् ।

उनको उपचारको लागी अहिलेसम्म विभिन्न संघ सस्थाले केहि सहयोग गरेको र अझै आवश्यक पैसा नपुगेको बताइएको छ । पारिवारिक अबस्था कमजोर भएको भन्दै बागचौर नगरपालिकाबाट सहयोग माग गरेको तर नगरपालिकाले कुनै सहयोग गर्न नसक्ने भन्दै पठाएको दाई नवराज डाँगीले गुनासो गरेका छन् ।

क्यान्सरबाट पीडित भएर थला परेकी दिपालाई सहयोग गर्ने इच्छुकले Globlal IME Bank, New Road Kathmandu मा रहेको Dipa Dangi को खाता नम्बर 0207010016486
मा सहयोग गर्न सकिनेछ । त्यस्तै दाई नवराज डाँगी ९८४१०३९४८१,९८५११३९४८१,९८०६२६२९०९ र श्रीमान धर्मराज ओली ९८०६२००७३१ मा सम्पर्क गर्न सकिन्छ ।

प्रकाशित मिति : २०७५ असोज १२ गते शुक्रवार