लेकाली अनलाइन
असाेज १३, सल्यान ।
सल्यान जिल्लाबाट प्रकाशित कुमाख राष्ट्रिय साप्ताहिक खवरपत्रिका अाजदेखि दैनिक रुपमा प्रकाशन हुनेभएकाे छ ।
गएकाे फागुन १३ गतेदेखि साप्ताहिक रुपमा प्रकाशन भएकाे याे पत्रिकाले त्यसकाे ७ महिनापछि अाज शनिबारदेखि दैनिक रुपमा प्रकाशनमा अाउने प्रकाशक तथा प्रधान सम्पादक गोविन्द प्रसाद शर्माले बताएका छन् । याे पत्रिकाले अहिलेसम्म साप्ताहिक रुपमा ३१ अाेटा अंक प्रकाशन गरिसकेकाे छ ।
साथै दैनिक पत्रिकाकाे अाज सदरमुकाम खलंगा बालमन्दिरमा विमाेचन हुने भएकाे छ । पत्रिकाकाे विमाेचन कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले गर्ने भएकाले दिउँसो २ बजे कार्यक्रममा उपस्थितीकाे लागी प्रकाशक तथा प्रधान सम्पादक शर्माले सबैलार्इ अाग्रह गरेका छन् ।