• २०८० मङ्सिर १९ गते मङ्गलवार
  • Preeti To Unicode

कालिकोटमा एक किशोरीमाथि सामूहिक बलात्कार, आठजना पक्राउ


असाेज १३, कालिकोट ।

जिल्लाको खाँडाचक्र नगरपालिका–९ पाखाँमा १९ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ । ती किशोरीमाथि बलात्कार गरेको आरोपमा ८ जना पक्राउ परेका छन् । यही असोज ९ गते बेलुका धिमाल देवताको पैठको मेला हरेर घर फर्किने क्रममा उनीमाथि सामूहिक बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयले स्थानीय आठजना युवालाई पक्राउ गरेको हो ।

पीडितले किटाणी जाहेरी दिएको आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख डिएसपी बिनोद शर्माले बताए । यो घटनामा संलग्न भएको अभियोगामा खाँडाचक्र नगरपालिका वडा नं. १० का २० वर्षीय पर्व विक, १८ वर्षीय गोर्ख विक, १८ वर्षीय सर्जन विक, खाँडाचक्र नगरपालिका–९ निवासी २२ वर्षीय जीवन विक, २० वर्षीय नवीन विक, १८ वर्षीय डिले विक, २१ वर्षीय सुवास विक र २० वर्षीय हर्ष विक पक्राउ परेका छन् ।

पीडितले जाहेरी दिएपछि जिल्ला प्रहरी प्रमूख डिएसपी विनोद शर्मा, प्रहरी ईन्सपेक्टर निरोज चौलागाई लगायतका ५० जना प्रहरीको सक्रियतामा १० गते राति ३ बजे उनीहरुलाई पक्राउ गरिएको हो ।

शर्माले सामूहिक बलात्कारका क्रममा युवती बेहोस भएपछि मरी भनेर फरार भएका अभियुक्तलाई नातागोताको घर र पाखाकै लेकाली क्षेत्रबाट पक्राउ गरिएको हो । उनका अनुसार पक्राउ परेका सबैलाई जिल्ला अदालतबाट ६ दिन म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

उधारो फिर्ता माग्दा बलात्कार

न्याय माग्दै जिल्ला प्रहरी कार्यालय आएकी पीडित युवतीले आफूले केही ३ वर्षअघि पाखामा पसल चलाएको बेलाा पर्व विकले लगेको ५ सय उधारो फिर्ता माग्दा बलात्कारको शिकार भएको बताएकी छन् ।
उनका अनुसार धिमाल देवताको पैठ हेरेर घर फर्किँदै गर्दा बाटोमा पर्व लगायतका युवाहरु मदिरा पिएर बसिरहेका थिए ।

‘मैले पर्वलाई देखेर आफूले लिनु पर्ने पैसा मागेँ । पैठमा मलाई केही किन्ने खर्च छैन । मेरो पैसा दिनुस भनेँ’, उनले भनिन्, ‘तर ऊसँगको अर्को साथीले खाइसकेको पैसा दिनु हुन्न भन्यो । त्यसपछि मलाई समातेर ३० मिटर तल खोलामा लगी पालैपालो बलात्कार गरे ।’

सामूहिक बलात्कारपछि उनी बेहोस भएकी थिइन् । उनलाई घटनास्थलबाट दाजु र दिदीले उद्दार गरी लगेका थिए । बहिनीको उद्दारमा आएका दाजुलाई पनि उनीहरुले ढुंगा हानेका थिए ।

प्रकाशित मिति : २०७५ असोज १३ गते शनिवार