• २०७८ कार्तिक ९ गते मङ्गलवार
  • Preeti To Unicode

सल्यानमा दैनिक रुपमा प्रकाशित भयाे कुमाख खबरपत्रिका, मन्त्री ज्वालाद्वारा विमाेचन


मिना खड्का
असोज १३ सल्यान ।
सल्यानबाट प्रकाशित कुमाख राष्ट्रिय खवरपत्रिका अाजदेखि दैनिक रुपमा सञ्चालनमा आएको छ ।गएको फागुन १३ गतेदेखि साप्ताहिक रुपमा प्रकाशित भएको यो पत्रिकाले त्यसको ७ महिनापछि दैनिक रुपमा प्रकाशित गरेकाे हो ।

पत्रिका दैनिक रुपमा प्रकाशनमा अाएपछि अाज सदरमुकाम खलंगा बालमन्दिर हलमा एक कार्यक्रमका बिच पत्रिकाको विमोचन गरिएको हो । विमोचन कार्यक्रममा कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बोल्दै मन्त्री ज्वालाले सञ्चारमाध्ययमले आवाज बिहिनको आवाजको रुपमा काम गर्नुपर्ने बताए । सत्ता र शक्तिमा भएका सबैको आवाज बाहिर आउछ तर कुनाबन्दरा, गाउबस्ती, पिछडिएका, हेपिएकाहरुको आवाज बाहिर आउदैन्, त्यसैले सञ्चारमाध्ययमले आवाज बिहिनको आवाजको रुपमा काम गर्नुपर्छ उनले बताए । उनले पत्ररिकारिता क्षेत्र थुप्रै चुनौती भएको बताए । यस क्षेत्रमा धेरै चुनौती भएपनि जनपक्षिय काम भएको उनले बताए ।

कार्यक्रममा बिभिन्न क्षेत्रमा सहयोग गर्ने बिभिन्न निकाय तथा ब्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

पत्रिकाका प्रकाशक तथा प्रधान सम्पादक गोविन्द प्रसाद शर्माको अध्यक्षता र सम्पादक प्रेम शर्माको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रमको सञ्चालन रामचन्द्र रेग्मीले गरेका थिए ।

स‌ंबन्धित समाचार

कुमाख पत्रिका अाजदेखि दैनिक रुपमा प्रकाशित, विमाेचन मन्त्री ज्वालाले गर्दै

प्रकाशित मिति : २०७५ असोज १३ गते शनिवार