सल्यानको ग्रामिण बचत तथा ऋिण सहकारी संस्थाले २४ औँ वार्षिक साधारण सभा गर्यो


मिना खड्का
असोज १३, सल्यान ।
ग्रामिण बचत तथा ऋिण सहकारी सस्था लिमिटेड सल्यानको २४ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
सदरमुकाम खलंगामा सनिबार सम्पन्न भएको संस्थाको बार्षिक साधारण सभा कार्यक्रममा शारदा नगरपालिका प्रमुख सुरेश अधिकारीको प्रमुख आथित्यता रहेको थियो ।

कार्यक्रममा बोल्दै उनले सहकारी एक उद्योग भएको बताएका छन् । उनले ग्रामिण क्षेत्रका मानिसहरु मिलेर सञ्चालन गरेको सहकारी एक उद्योग जस्तै भएको बताएका हुन् । उनले भने ( “सरकारले नै यति धेरै लगानी गर्न सकेको छैन, तर यहाँका शेयर सदस्यहरु मिलेर सरकारले गर्न नसकेको काम सहकारी गर्न सफल भएको छ ।” उनले उनले सहकारीमा क्रियाशिल शेयर सदस्यलाई सफल उद्यमीको संज्ञा समेत दिए ।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासँघका केन्द्रिय सदस्य टेकराज शाही, सेयर सदस्य सोबिता बस्नेत, मान बहादुर मल्लले सहकारी बचत गर्ने ठाँउ मात्रै नभएर सिर्जनात्मक काममा लाग्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा २ जना ज्येष्ठ नागरिक गोविन्द राई र लक्ष्मि राई लाई सम्मान गरीएको थियो । उत्कृष्ट वचत कर्ता सुसिला विष्ट, जोनि सिंह, सुसिला मर्हजन, उत्कृष्ट क्रणि वुद्धीराज विष्ट, उत्कृष्ट कर्मचारी जीतेन्द्र र उत्कृष्ट सञ्चालक विरेन्द्र कुमार राई लाई पनि सम्मान गरिएको छ ।

संस्थाका अध्यक्ष केवशसिंह श्रेष्ठको अध्यक्षतामा र उपाध्यक्ष यौवन प्रकाश श्रेष्ठको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रमको सञ्चालन सचिब धिरेन्द्र कुमार शाक्यले गरेका थिए । २०५१ सालमा स्थापना भएको उक्त सहकारीमा अहिलेसम्म १ हजार ३ सय ९४ जना सदस्य रहेका छन् ।

प्रकाशित मिति : २०७५ असोज १३ गते शनिवार