• २०७८ कार्तिक १ गते सोमवार
  • Preeti To Unicode

सल्यानकाे खलंगा र थारमारे बजार अनुगमन, म्याद नाघेका सामान बरामद


पुष्पा रिजन डिसी/ असाेज १४, सल्यान ।

चाडपर्वलाई लक्षित गरेर सल्यानमा बजार अनुगमन गरिएको छ । म्याद नाघेका समानहरुलाई निगरानी राख्दै आज जिल्लाकाे सदरमुकाम खलंषा बजार, बागचाैर नगरपालिकाकाे थारमारे र बगचाैर बजार बजारमा अनुगम गरिएकाे छ ।

जिल्ला प्रशासन कार्यालय सल्यानबाट सहायक प्रमुख जिल्ला अधिकारी श्रीधर टण्डनको नेतृत्वमा सदरमुकाम खलंगा बजारमा अनुगमन गर्दा चार वर्ष पुरानो सम्मको अखाद्य वस्तु फेला परेको छ ।अनुगमनका क्रममा सन् २०१५ मा बनेको गोल्डी गरम मसला र सन् २०१६ मा बनेको जस्मिन चिल्ली पाउडरको प्याकेट बरामद गरिएको अनुगमन टोलीमा संलग्न प्रहरी निरिक्षक गिरिराज भण्डारीले जानकारी दिए ।

अनुगमनका क्रममा कुरकुरे ४९ पोका, गोल्डी मसला ५ पोका, जस्मिन चिल्ली पाउडर २५ पोका, टप विस्कुट ८ पोका, सुजी ३३ पोका, वाईवाई चाउचाउ एक पोका, काजु २ पोका, आलु चिप्स दुई पोका, पुकार गुटका एक प्याकेट र मिट मसला एक प्याकेट गरि पाँच हजार एक सय पाँच रुपैयाँ बराबरको अख बरामद गरिएको प्रहरी निरिक्षक भण्डारीले बताए ।

यस्तै अनुगमन समितिले अनुगमनका क्रममा मूल्य सूची, साइनबोर्ड, व्यवसाय दर्ता र नविकरण, वस्तुमा लगाइएको लेवल, वस्तुको म्याद, विक्री विल दिने नदिने लगायतका कुराहरुको अनुगमन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी टंडनले बताए ।

सहायक प्रमुख जिल्ला अधिकारी टण्डनको नेतृत्वमा प्रहरी निरिक्षक गिरिराज भण्डारी, शारदा नगरपालिकाका जगत बहादुर घर्ती, कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रतिनिधि महेन्द्र बस्नेत, घरेलु तथा साना उद्योग बिकास समिती सल्यानका लोक बहादुर बस्नेत, उपभोक्ता हित संरक्षण समितीका रामचन्द्र रेग्मी लगाएतको टोलीले बजारको अनुगमन गरेको हो ।

उता बागचाैर नगरपालिकाकाे थारमारे बजार र बागचाैर बजारका २५ ओटा पसलमा अनुगमन गरिएकाे छ । इलाका प्रशासन कार्यालय बागचाैरका प्रमुख चिन्तामणी रेग्मीकाे नेतृत्वमा अनुगमन गरेकाे टाेलीले २५ पसलमध्यबाट ९ ओटा पसलमा म्याद नाघेका अखाद्य वस्तु फेला पारेकाे छ ।

धेरैजसाे म्याद नाघेका सामानहरुमा दैनिक उपभाेगीय सामान रहेकाे प्रशासन प्रमुख रेग्मीले लेकाली अनलाइनलाई बताए । उनका अनुसार एउटा मेडिकलमा म्याद नाघेकाे १८ प्याकेट कर्ण क्याप्स भेटिएकाे छ । त्यस्तै हाड्वयर पसलबाट म्याद नाघेका इनामेल र रङहरु पनि बरामद गरिएकाे उनले बताए ।

इलाका प्रशासन कार्यालय बागचाैरका प्रमुख चिन्तामणी रेग्मीकाे नेतृत्वमा बागचाैर नगरपालिका २ नम्बर वडा अध्यक्ष घनश्याम शर्मा, इलाका प्रहरी कार्यालय थारमारेका प्रमुख इनिस्पेक्टर प्रेम श‌ंकर चाैधरी, बागचाैर र थारमारेका बजार व्यवस्थापन समितीका अध्यक्षहरुले बजार अनुगमन गरेका थिए ।

प्रकाशित मिती २०७५ असाेज १४ गते

प्रकाशित मिति : २०७५ असोज १४ गते आइतवार