• २०८० मङ्सिर २१ गते बिहिवार
  • Preeti To Unicode

सल्यानमा साक्षरता कार्यक्रमः ९० मिनेट नेपाली विषयको पढाइ प्रभावकारी


लेकाली अनलाइन
असोज १४, सल्यान ।

सल्यानमा सिकाइ उपलव्धी माथि उठाउन ९० मिनेट नेपालि विषयको पढाइ र पुस्तकालय प्रभावकारि मानिएको छ । जिल्लाका ३० वटा विद्यालयमा नेपाली विषयको शिक्षण समय ९० मिनेट बनाइएको हो ।

स्थानीय तहहरुको समन्वयमा र रुम टू रिडको सहयोगमा दलित विकास समाज (डीडीएस) ले शारदा, बागचौर नगरपालिका तथा कपुरकोट, त्रिवेणी, सिछकुमाख र छत्रेश्वरी गाउँपालिकामा साक्षरता कार्यक्रम सञ्चालन भइरहेको छ । यी स्थानीय तहका ३० विद्यालयमा कक्षा १ को बसाइ व्यवस्थापन, शिक्षकलाइ नेपाली विषय शिक्षण तालिम दिएर शिक्षण कार्य सञ्चालन, ३० वटै विद्यालयमा फर्निचर सहित पुस्तकालय स्थापना तथा ६० जना शिक्षकलाइ पुस्तकालय व्यवस्थापन तालिम प्रदान गरिएको साक्षरता कार्यक्रम संयोजक टेकराज शाहीले जानकारी गराए ।

उपल्लो कक्षामा गएको विद्यार्थीले नेपाली राम्रो संग पढ् नसक्ने स्थीतीमा अरु विषयमा झन प्रगती नै गर्न नसक्ने देखिएकाले यो कार्यक्रा लागू गरिएको जनाइएको छ । बालवालिकाको पढाइ सिप र पढ्ने वानीको विकास गर्न भन्दै ३० विद्यालयमा साक्षरता कार्यक्रम लागू भएको हो । कार्यक्रम लागू भएको छोटो समयमै शिक्षक तथा अभिभावकहरुले भन्ने गरेका छन्, ‘कक्षा १ का वालवालिकामा पढाइप्रतिको रुची बढ्दै गएको छ । हाम्रा नानीवावुहरुको आनीवानीमा परिवर्तन हुँदै आएको छ ।’

छत्रेश्वरी गाउँपालिका वडा नम्बर ६ स्थीत त्रिभुवन जनता माध्यामिक विद्यालयका शिक्षक राम बहादुर डाँगीले चिटिक्क परेको कक्षा कोठा, वालवालिका बस्नलाइ पि फम, कुशन र पर्याप्त शैक्षिक सामग्रीले शिक्षण सिकाइमा प्रभावकारि भूमिका खेलेको बताए । उनले बालवालीकालाइ तपाइ भनेर सम्बोधन गर्नेगरेका छन् । ‘कक्षा कोठामा शुरुमा बालवालिका गीत सुन्छन्, गाउँछन् र नाच्छन् । अनी नेपालि विषयको पढाइ ९० मिनेट सम्म हुन्छ,’ उनले भने ।

 

यसैविच साक्षरता कार्यक्रमको गत गाउँ तथा नगरपालिका परियोजना सल्लाहकार समिती र पत्रकारको संयुक्त टोलिले अनुगमन समेत गरेको छ । सो क्रममा अनुगमन टोलिसंग पशुपती आधारभुत विद्यालय त्रिवेणी गाउँपालिका वडा नम्बर ६ का प्रधानाध्यापक कृष्ण बहादुर डाँगीले कार्यक्रमले प्रदान गरेका सहयोगले विद्यालयको सिकाई उपलब्धि माथि उठाउन र विद्यालयमा सुशासन कायम राख्न निकै सहयोग पुगेको बताए । प्रारम्भीक तहमा ‘म गर्छु’, ‘हामी गछार्’ैँ, ‘तिमि गर’ जस्ता क्रमिक सिकाइका रणनीती अपनाएर शिक्षण भइरहेको रुम टू रिडका फिल्ड प्रोग्राम अफिसर हेम लम्सालले बताए ।

विद्यालयमा भर्ना भएर पढेका ८० प्रतिशत बालवालिका गुणस्तरिय शिक्षा पाउन नसकेर भौतारिरहनुपरेको वर्तमान अवस्थामा साक्षरता कार्यक्रम प्रभावकारि बन्नेमा जिल्ला समन्वय समितीका प्रमुख केश बहादुर विष्टले विश्वास व्यक्त गरे । यस्तै जिससका उपप्रमुख हरि प्रकाश बुढाथोकीले राम्रो अभ्यासको अरु विद्यालयले पनि सिको गर्नुपर्ने बताए ।

अनुगमनमा कपुरकोट गाउँपाललिकाका अध्यक्ष भिम बहादुर सेनले यो कार्यक्रम प्रभावकारि देखिएको भन्दै कार्यक्रम लागू भएका वाहेकका अरु विद्यालयमा पनि कक्षा कोठा व्यवस्थापन, पुस्तकालय निर्माण जस्ता कार्य गरिने बताए । यस्तै त्रिवेणी गाउँपालिकाका अध्यक्ष मान बहादुर डाँगीले कक्षा कोठा सफा र सिटीक्क देखेपछि वालवालिकाले घरमा पनि सरसफाइमा ध्यान दिन थालेको आफुले पाएको बताए । यस्तै सिद्ध कुमाख गाउँपालिकाका अध्यक्ष चित्र बहादुर चलाउने, छत्रेश्वरी गाउापालिका उपाध्यक्ष सिता केसी, शिक्षा विकास समन्वय इकाइ सल्यानका प्रमुख लिलाधर बबाल, पत्रकार महासंघ सल्यानका सचिव शंकर के सी लगाएतले शैक्षिक सुधारका लागी समाजका सबै सरोकारवालाहरु जिम्मेवार तरिकाले लाग्नुपर्ने बताएका थिए ।

बालवालिकाको पढाइ विकासको लागी परिवार एवम् समुदायको सचेतनामा वृद्धी गर्न आवशयक रहेकोमा जोड दिँदै रुम टू रिडका कार्यक्रम अधिकृत बाबुराम पोख्रेलले साक्षरता कार्यक्रमका लागी विद्यालय आफैले श्रोत जुटाउन नसकेमा स्थानीय सरकारको भरपुर सहयोग हुनुपर्नेमा जोड दिए ।

साक्षरता कार्यक्रम सञ्चालन भइरहेको ३० विद्यालयले आधारभुत तहका विद्यार्थीका लागी एक हप्तामा कम्तीमा पनि एक घण्टी पुस्तकालय प्रयोगका लागी समय छुट्याएको साक्षरता कार्यक्रम अधिकृत विनायक रेग्मीले जानकारि दिए । पुस्तकालय व्यवस्थापन र नेपालि भाषा शिक्षणका लागी तालिम प्राप्त शिक्षकहरुलाइ सरुवा गर्न नहुनेमा जोड दिदै उनले वालवालिकाको पुस्तकालयमा पढ्ने बानी विकास भएमा अरु विषयहरु पनि बढ्नमा रुची बढ्ने बताए ।

प्रकाशित मिति : २०७५ असोज १४ गते आइतवार