• २०७९ असोज १३ गते बिहिवार
  • Preeti To Unicode

नेकपाका असल क्षेत्रीकाे रिहाईको माग गर्दै सर्वोच्चमा रिट दायर


लेकाली अनलाइन
असोज १४, काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य चन्द्रबहादुर खड्का ‘असल क्षेत्री’लाई गैर कानूनी थुनामा राखेका भन्दै रिहाई माग राखेर आइतबार बन्दी प्रत्यक्षीकरण रिट निवेदन सर्वोेच्च अदालतमा दायर भएको छ ।

रिट निवेदन डीपी शर्माले दायर गरेका हुन् । नेता असललाई अहिले आगजनी गरेको अभियोगमा अनुसन्धानका लागि भन्दै मकवानपुर प्रहरीको हिरासत राखिएको छ ।

यस अघि रुपन्देही उपमहानगरपालिका वडा नम्बर २ स्थित जितगढी किल्लाको फुलबारी क्षेत्रभित्र रहेको भारतीय पेन्सन क्याम्प परिसरमा बम विष्फोट गराउन संलग्न रहेको आरोपमा गिरफ्तार गरी चलाइएको ‘विष्फोटक पदार्थ’ मुद्दामा रुपन्देही जिल्ला अदालतमा भएको बहसपछि उनी धरौटीमा रिहा भएका थिए ।

रिहालगत्तै गतहप्ता उनलाई गिरफ्तार गरी बुटवल प्रहरीले नीजि गाडी स्कारपियोमा राखेर मकवानपुर प्रहरीलाई जिम्मा लगाएको थियो । केन्द्रीय सदस्य असललाई पार्टीको कामको सिलसिलामा सार्वजनिक यातायातबाट काठमाडौं आइरहेको बेला गएको भदौ ५ गते धादिङको नौबिसेबाट डेढ दर्जनको संख्या रहेको सादा पोशाकका प्रहरीले गिरफ्तार गरी चरम यातना दिई भोलिपल्ट ६ गते काठमाडौंको टेकु प्रहरी परिसरबाट सार्वजनिक गरिएको थियो ।

त्यसको भोलिपल्ट ७ गते आन्तरिक उडानबाट बुटल लगिएको थियो । असल सल्यान निवासी हुन् ।

प्रकाशित मिति : २०७५ असोज १४ गते आइतवार