• २०७८ कार्तिक १ गते सोमवार
  • Preeti To Unicode

बचत तथा ऋिणकाे लागी चेतना सामाजिक उद्यमि सहकारी संस्था लि. सल्यान


चेतना सामाजिक उद्यमि सहकारी संस्था लि. शारदा नगरपालिका वडा नं ३ खलंगा सल्यानले स्थापना कालदेखी हालसम्म वचत तथा ऋणको कारोवार गर्नुका साथै सामाजिक उद्यमिका क्षेत्रमा पनि क्रियाशिल रही काम गरीरहेको व्यहोरा जानकारी गराउदछौं, साथै विगद ६ बर्ष देखी सल्यान जिल्लामा लघु वित्त तथा लघु उद्यम बिकास कार्यक्रम संचालन गरी हाल सम्ममा करीव ९ हजार भन्दा वढी शेयर सदस्यहरुलाई लघु वित्त तथा लघु उद्यम कार्यक्रमका माध्यमबाट ग्रामिण समुदायमा सेवा प्रदान गर्दै आइरहेको कुरा सर्वबिधिदै छ ।

हाल यस सहकारी संस्थाको मिति २०७४।०७।२७ मा सम्पन्न छैठौ साधारण सभाबाट सहस्यरुलाई बढी भन्दा बढी सेवा पु¥याउने उद्देश्यले बिभिन्न सेवाहरु थप गरिएको छ । जसमध्य चौबिसै घन्टा आपतकालीन रात्रिकालीन सेवा, सदस्य राहात कार्यक्रम अन्तरगत रु. २०००।– देखी रु. ६०००।– सम्म नगद राहात, १४ र १५ बर्षिय जीवन भबिष्य बचत, सदस्यहरुहको म्यादी जिवन बिमा लगायतका कार्यहरु रहेका छन् ।

साथै ५० बर्ष माथिका जेष्ठ नागरिक र अपाङ्गता भएका ब्यक्तिहरुको स्वास्थ्य उपचारको लागी बर्षमा रु. १०००।– सम्म नगद प्रदान गर्ने प्रावधान रहेको छ ।

छैठौ साधारण सभाको निर्णयहरुः

चेतना सामाजिक उद्यमी सहाकारी संस्था लि. शारदा न. पा. ३ खलंगा सल्यानको छैठौ साधारण सभाको सदस्यहरुका लागी भएका मुख्य निर्णयहरुः
१. आपतकालिन (रात्रिकालीन) १ महिनाको लागी निशुल्क ऋण सेवा प्रत्यक दिन चौबिसै घन्टा सेवा प्रदान ।
२. अपांगता भएका सदस्य ब्यक्ति तथा ५० बर्ष माथिका सदस्यहरुलाई मान्यता प्राप्त स्वास्थ्य संस्थाबाट स्वस्थ्य परिक्षणको लागी वार्षिक नगद रु. १०००।– प्रदान ।
३. आपतकालीन तथा दैबिय प्रकोप राहात सुबिधा नगद रु. २०००।– देखी ६०००।– सम्म ।
४. सुत्केरी पोषण खर्चको ब्यवस्था ।
५. बिरामि भई अस्पताल भर्ना भएमा वर्षभरिमा कम्तिमा रु. ३०००।– औषधि खर्चको ब्यवस्था ।
६. चेतना डेरीबाट दुध दहि खाने सदस्यहरुलाई प्रतिलिटर रु. २ का दरले सम्बन्धित सदस्को ऐच्छिक खातामा जम्मा हुने ।

प्रकाशित मिति : २०७५ असोज १५ गते सोमवार