• २०७८ कार्तिक ९ गते मङ्गलवार
  • Preeti To Unicode

रुखबाट लडेकी महिलाकाे पश्चिम सल्यानमा सडक अवरुद्व हुँदा उपचार नपाएरै मृत्यु


दुर्गा वि.सी.
असोज १५, सल्यान ।
सुर्खेतको सिम्ता गाउँपालीका वडा नम्बर ९ टमाटेनामा रुखबाट लडेर सक्त घाईते वलमान गिरीकी ५८ वर्षिया श्रीमति खम्बा गीरीको उपचार गर्न लिदै गर्दा बाटोमा मृत्यु भएको छ ।

असाेज १३ गते वेलुकी घाँसकाट्न जँगल गएकोवेला रुखबाट लडेर घाईते गिरीलाई खोजतलास गरी १४ गते विहान आफ्न्तले फेला पारेका थिए । उपचारका लागि नेपालगञ्ज लिने क्रममा बन्गाड कुपिण्डे वडा नं. ११ को धारापानी नजिकै रहेको खनिया खर्क जाने ग्रामिण सडक मर्मत कार्यले छिन्चु जाजरकोट सडकको उक्त स्थानमा १ घण्टा अवरुद्ध गरेको थियो ।

हाईवय माथि ग्रामिण सडक कार्य मर्मत हुदाँ माथिको ढुङ्गा माटोले बाटो अवरुद्ध वनाए पछि विरामी नेपालगञ्ज लिन ढिलाई भएको आफ्न्तको दुखेसो छ । घाईतेलाई ठिक समयमा उपचार गर्न लिन नसकेका कारण बचाउन नसकिएको अाफन्तले बताएका छन् ।

खोजीतलासी गर्दा उतै ढिला भयो तेसैमा खनिया खर्क जाने सडकको मर्मत कार्यले घण्टौ राजमार्ग वन्द हुदाँ मृत्यु हुन पुगेको आफ्न्तको दुखेसो छ । सक्त घाईतेलाई उपचार गर्न लिने क्रममा बाटैमा मृत्यु भएको आफ्न्तले बताएका छन् ।

तर यता वडा नम्बर ११ का वडा अध्यक्ष वीर बहादुर बुढाले रुखबाट खसेको गम्भीर बिरामी भन्ने थाह पाए पछि तत्काल सडक सन्चालन गरेकाे दाबी गरेका छन् । आफुहरुले सडक मर्मत गर्दा आफू सहित प्रहरी कार्यालय बनगारका हवल्दार शुनिल चौधरी संगै भएको समेत उनले बताए ।

प्रकाशित मिति : २०७५ असोज १५ गते सोमवार