• २०८० मङ्सिर १५ गते शुक्रवार
  • Preeti To Unicode

सल्यानकाे शारदा नगरपालिकाले जेष्ठ नागरिकलार्इ दिदै अाएकाे रकममा २ हजार थप गर्याे


लेकाली अनलाइन
असोज १५, सल्यान ।

सल्यानकाे शारदा नगरपालिकाले जेस्ठ नागरिकलार्इ २ हजार भत्ता थप गरेकाे छ ।

नगर सभाले ८० वर्ष पूरा गरेका नगर भित्रका जेस्ठ नागरिकहरुलार्इ सरकारले दिने गरेको सामाजिक सुरक्षा भत्तामा २ हजार रूपैया थप गर्ने निर्णय गरेपछि दिइएकाे हाे । अाज २८ औ जेस्ठ नागरिक दिवसको अवसर पारेर नगरप्रमुख सुरेश अधिकारीले भत्ता वितरण गरेका हुन् ।

जेस्ठ नागरिकहरुको सम्मान र सुरक्षाका लागि भन्दै नगरपालिकाले नीति तथा कार्यक्रममा यो योजना प्रस्ताव गरी स्वीकृत गरेको थियो।

अाज खलंगा देखि वितरण सुरु गरिएकाे भत्ता दशै अघिनै सवै वडाका ८० वर्स पूरा गरेका जेस्ठ नागरिकहरुलार्इ वितरण गर्ने नगरपालिकाले जनाएको छ।

यस सँगै शारदा नगरपालिकाले सल्यान अस्पतालमा उपचार गर्न आउने जेस्ठ नागरिकहरुलार्इ सवै उपचार खर्च निसुल्क गर्ने यसअघि नै निर्णय गरिसकेको छ।

प्रकाशित मिति : २०७५ असोज १५ गते सोमवार