• २०७८ कार्तिक ८ गते सोमवार
  • Preeti To Unicode

बर्षातले बिग्रीएका सडकहरु कपुरकाेट गाउँपालिकाले दशै अघि नै मर्मत गर्ने


सुमन के.सी.
असोज १५, सल्यान ।
सल्यानको कपुरकोट गाउँपालिकाले मोटर बाटाेहरुको मर्मत कार्य सुरु गरेको छ । बर्षातको समयमा बिग्रीएका प्रमुख तथा ग्रामीण मोटर बाटाेहरुको मर्मत कार्य सुरु गर्न लागिएको हो ।

विशेष गरी वर्षातको समयमा खसेको पहिरो तथा खाल्टा खुल्टी पुर्ने काम ८० प्रतिशतकाम सम्पन्न भएको कपुरकोट गाउँपालिकाले जनाएको छ । गाउँपालिका अन्तर्गतका ६ वटै वडामा बिग्रेका ग्रामीण तथा प्रमुख सडकहरु दशैं अगाडी नै राम्रो बनाउने उद्देश्यले काम भइ राखेको गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेन ले जानकारी दिए ।

“हामीले काम सुरु गरिसक्यौं, दशैको घटस्थापना अघि नै सम्पूर्ण प्रमुख तथा ग्रामीण सडक बाटोहरु पूर्णरुपमा मर्मत गरिनेछ ।”- अध्यक्ष सेनले भने । गाउँपालिका अन्तर्गत पर्ने धनवाङ्ग किमुचौर-गाडापानी हुदै फालावांङ्ग, तेसैगरी सोलावाङ्ग-रिम-छायानाथ हुदै सिनावाङ्ग, गर्पा लगायत कपुरकोट गाउँपालिका भित्रका सम्पूर्ण ग्रामिण तथा प्रमुख सडक हरु डोजर लगाएर मर्मत कार्य सुरु गरिएको हो ।

घटस्थापना अघि नै सम्पूर्ण सडकहरु मर्मत भई सडकहरुमा सहजै गाडी मोटर सुचारु भएपछि ती सडक प्रयोग कर्ता तथा आम स्थानीयवासीहरुलाई आवत-जावतमा सहज हुने गाउँपालिकाले जनाएको छ ।

यसैबिच गाउँपालिकाका सेनले कपुरकोट देखि फालावाङ जोड्ने सडकको मर्मत कार्य, वडा नम्बर ४ को वडा कार्यालय तथा सामुदायीक स्वास्थ्य इकाइ अनुगमन गरी आवश्यक निर्देशन दिएका छन् । मर्मत सम्भार भइरहेका सडक, वडा कार्यालय तथा स्वास्थ्य इकाइको सोमबार अनुगमन गर्दै अध्यक्ष सेनले वडा कार्यालय तथा स्वास्थ्य इकाइका कर्मचारिको हाजिरी, सेवा प्रवाहको अवस्था तथा गाउँपालिकाले राखेका सडक कामदारहरुको कामको स्थलगत अनुगमन गर्दै अध्यक्ष सेनले कर्मचारिहरुलाइ कुनै पनि जनगुनासो नआउने गरि काम गर्न निर्देशन दिए ।

उनले वर्षातले विग्रीएका सम्पूर्ण मोटरबाटोहरु संरक्षण र मर्मतमा उपभोक्ताको पनि भूमिका हुनुपर्ने बताए ।

प्रकाशित मिति : २०७५ असोज १५ गते सोमवार