दशैँ तिहारको समयमा सल्यानमा ३ सय ६० प्रहरी परिचालन हुने, यस्ताे छ सुरक्षा योजना ?


लेकाली अनलाइन
असोज १५, सल्यान ।
दशैँ तिहारको समयमा सल्यानमा ३ सय ६० प्रहरी परिचालन हुने भएका छन् ।

जिल्लाको शान्ती सुरक्षालाई मध्यनजर गर्दै चाडपर्वको समयमा ३ सय ६० प्रहरी परिचालन हुने जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । चाडपर्वको समयमा हुन सक्ने लुटपाट तथा ठगीका घटनाहरुलाई मध्यनजर राखि सार्वजनिक यातायातका साधनहरुमा आवस्यकता अनुसार सादा पोशाकमा तथा युनिफममा हातहतियार सहितको प्रहरी परिचालन गरिने गरिने छ ।

सल्यानका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक बिरेन्द्र बहादुर शाहीले जिल्लामा मूख्य नाकाहरुमा २४ सै घण्टा सवारी साधन तथा यात्रुको चेकजाचँ गरिने बताए । उनले बजारक्षेत्रमा पिकेट, मोवाईल गस्ती, गस्ती, पैदल गस्ती २४ सैँ घन्टा परिचालन गरी सिसि क्यामेराबाट निगरानी गरिएको बताए ।

उनले ट्राफिक प्रहरी सहित प्रभावकारी चेकिङको ब्यबस्था मिलाईएको बताउदैँ ईलाका प्रहरी कार्यालय सितलपाटी, लुहाम, देवस्थल, थारमारे र प्रहरी चौकी कपुरकोटमा यात्रु सहायता कक्ष स्थापना गरिने बताए ।

यस्तो छ दशै र तिहारमा सुरक्षा योजनाको लिष्ट

  1. जिल्लामा आवागमन र बहिरगमन हुने सिमा नाकाहरुमा २४ सै घण्टा प्रहरी टोली तैनाथ गरि पिकेट डियूटी २४ सै घण्टा सवारी साधन तथा यात्रुको चेकजाचँ गरिने र राजमार्गमा पर्ने सम्पुर्ण प्रहरी युनिटहरुलाई २४ सै घण्टा अलर्टमा राखि सवारी साधन, मो.सा.,पैदल गस्ती, पिकेट डियुटी खटाईएको ।
  2. बजार एरियाहरुमा पिकेट ,मोवाईल गस्ती,मो.सा. गस्ती, पैदल गस्ती २४ घन्टा परिचालन गर्ने ब्यबस्था मिलाउनुको साथै ऋऋ क्यामेरा बाट समेत निगरानी गरिएको र दसै तिहारको मौकामा सार्वजनिक सवारी चालकहरुले मा.प.से. गरी सवारी साधन चलाउदा सवारी दुर्घटना भई ठुलो धनजनको क्षेती हुन सक्ने संभावनालाई मध्यनजर राखि ट्राफिक प्रहरी सहित प्रभावकारी चेकिङको ब्यबस्था मिलाईने ।
  3. दसै तिहारको निहुमा जुवा तास, अबैध मदिरा बिक्रि बितरण, आगजनी, बिष्पोटक तथा अवान्छित गतिबिधीहरु हुन सक्ने स्थानहरुको पहिचान गरी निग्रानी बढाई आवस्यक कारवाही गरिने, मुख्य ब्यापारिक कारोबारहुने ठाउ, बजारहरु, बैङ्क तथा बित्तिय सस्था, पेट्रोल पम्पहरुमा आर्थिक कारोबारहरु बृद्धिहुने हुदा उक्त क्षेत्रमा, गस्ति पट्रोलिङ , सादा पोसाकमा प्रहरी परिचालन गरी सुरक्षा ब्यबस्था मिलाईको ,भिड भाड हुने क्षेत्र तथा टिकट काउण्टरहरुमा टिकेटमा हुने ठगी, पाकेटमारी, नशालु पदार्थ सेवन गराई वा सुघाई लुटपाट हुन सक्ने घटनालाई मध्य नजर राखी त्यस्ता गतिबिधी नियण्त्रणको लागी सादा पोशाकमा प्रहरी टोली खटाई सुचना संकलन गरी आवस्यकतानुसार प्रहरी परिचालन गरिने ।
  4. दसै तिहारको समयामा यात्रुहरुको चाप बढन सक्ने सम्भावनालाई मध्यनजर गरी ईलाका प्रहरी कार्यालय सितलपाटी, जिल्ला ट्राफिक कार्यालय सल्यान,ईलाका प्रहरी कार्यालय लुहाम, ईलाका प्रहरी कार्यालय देवस्थल, ईलाका प्रहरी कार्यालय थारमारे र प्रहरी चौकी कपुरकोट मा यात्रु सहायता कक्ष स्थापना गरिने ।
  5. चाड पर्वको मौका छोपी बजारमा कृतिम अभाव श्रृजना गर्न सक्ने सम्भावनालाई मध्यनजर राखी कृतिम अभाव श्रृजना हुन नदिन र खाद्यान्न आपुर्ति प्रभावित हुन नदिन आवस्यक सजगता अपनाउनुका साथै बजार अनुगमन तथा कालो बजारी नियन्त्रणको लागि आवश्यक कदम चालिने ।
  6. यस जिल्लाका मातहत वडा एरियाहरुमा रहेका मठ मन्दिरहरु सरसफाई गरिने र सर्वसाधारण घर,सम्पति रहेको स्थान,सरकारी कार्यालय, होटल, गेष्ट हाउस, बिशिष्ट ब्यक्ति, महत्वपुर्ण प्रतिस्ठान, मठ मन्दिर र गुफाहरुमा सुरक्षाको ब्यबस्था मिलाईएको । जिल्लाको दुरदराज स्थानमा ग्रामीण गस्ति, लामोदुरीको गस्ती, छोटो दुरीको गस्ती नियमित रुपमा परिचालन गरिने
  7.  सार्वजनिक यातायातको साधनहरु ब्यबस्थित र मर्यादित संचालनको लागी टिकट काउण्टरहरुमा टिकटमा हुने ठगी, पाकेटमारी, नशालु पदार्थ खुवाई वा सुघाई लुटपाट हुनसक्ने घटनालाई मध्य नजर राखी त्यस्ता गतिविधि नियन्त्रणको लागि सादा पोसाकमा प्रहरी परिचालन गरिएको ।
  8. सडक दुर्घटना न्युनिकरणको लागी मुख्य राजमार्ग, सहायक राजमार्ग तथा ग्रामिन सडक हरुमा समेत सवारी साधनको सिट क्षमता भन्दा बढी यात्रु राख्ने, बढि मालसामान राख्ने, हुटमा राख्ने जस्ता कार्यबाट हुन सक्ने सवारी दुर्घटना हुन नदिन ट्राफिक प्रहरी द्रारा प्रभावकारी चेकजाचको ब्यबस्था मिलाईएको साथै राजमार्गमा हुनसक्ने चोरी, लुटपाट, हत्या हिंसा जस्ता घटनाहरु हुन नदिई आम नागरिकहरुमा सुरक्षाको प्रत्याभुती दिलाउन त्यस्ता घटनाहरुलाई नियन्त्रण गर्नको लागी योजना बद्ध रुपमा प्रहरी परिचालन तथा गस्ति पट्रोलिङ गरी सुरक्षाको पुर्ण प्रत्याभुति दिलाउने ब्यबस्था मिलाईएको
  9. राजमार्गमा हुन सक्ने लुटपाट तथा ठगीका घटनाहरुलाई मध्यनजर राखि सार्वजनिक यातायातका साधनहरुमा आवस्यकतानुसार सादा पोशाकमा तथा युनिफममा हातहतियार सहितको प्रहरी परिचालन गरिने ।
  10. दसै तिहारको सुरक्षार्थ यस कार्यालय तथा मातहत समेतबाट ३६० जना प्रहरी परिचालन गरिएको ।

प्रकाशित मिति : २०७५ असोज १५ गते सोमवार