• २०७८ कार्तिक ९ गते मङ्गलवार
  • Preeti To Unicode

वर्षातका कारण अवरुद्ध सडक बन्गाड कुपिण्डे नगरपालिकामा दशै अघि सञ्चालन हुने


दुर्गा वि.सी.
असोज १६, सल्यान ।
चाडवाड नजिकै गर्दा सल्यान बन्गाड कुपिण्डे नगरपालिका भित्रका वर्षातका कारण अवरुद्ध ग्रामिण सडक सुचारु गर्नका लागि काम सुरु गरिएको छ ।

बन्गाड कुपिण्डेका महत्वपुर्ण कृर्षि सडक र स्थानीएको वढि आवगमन हुने ग्रामिण सडक केहि दिन भित्र सञ्चालनमा आउने नगरपालीकाले जनाएको छ । १२ वटै वडाका सडकहरुमा वर्षातले विग्रेका सडक सुचारुको लागि धमा धम डोजरको सह्याताले काम सञ्चालन गरिएको छ ।

वर्षातका कारण नगरका बामे र घाँजरीपिपल मैदु सडक वाहेक बाँकी सवै सडकहरु वर्षातका कारण अवरुद्ध अवस्थामा छन् । त्यसै गरि वर्षातका कारण ३ महिना अवरुद्ध मुख्य राजमार्ग सल्लीवजार देखि रुकुम चौहरजारी सडक खण्ड २ हप्ता अघि देखि सञ्चालनमा आएको छ ।

रुकुम चौहरजारी नगरपालीकाले बन्गाड कुपिण्डेको वडा ५ सितलनेटा सम्म डोजर लगाई बाटोको सामान्य सुधार गरिदिए पछि गाडि सञ्चालनमा आएका छन् । वर्षातका कारण नगरका अधिकांस ग्रामिण सडकहरु वन्द हुदाँ स्थानीयलाई आवत जावतमा समस्या भएको छ ।

दशै अघि नै सवै सडकहरु सुचारु गर्नका लागि नगरले काम सञ्चालन गरेको जनाएको छ ।

सम्बन्धित अन्य समाचार

बर्षातले बिग्रीएका सडकहरु कपुरकाेट गाउँपालिकाले दशै अघि नै मर्मत गर्ने

दशैँ अघि सल्यानकाे छत्रेश्वरीका सबै मोटरबाटोको मर्मत भइसक्ने

बर्षातले बिग्रिएकाे सल्यानकाे बागचाैर-पातिहाल्न सडककाे मर्मत सुधार कार्य सुरु

प्रकाशित मिति : २०७५ असोज १६ गते मङ्गलवार