पाल्पामा ठुलीअामा बलात्कार गर्ने भतिजाे पक्राउ


असाेज १६, पाल्पा ।

जिल्ला प्रहरी कार्यालय पाल्पाले करणी गरेको आरोपमा रैनादेवी छहरा गाउँपालिका सिद्देश्वरका एक युवकलाई पक्राउ गरेको छ ।

मादक पदार्थ सेवन गरी डर त्रासमा पारी नातेदार ठुलीआमा पर्नेलाई जबरजस्ती गरेको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले आफ्नै छिमेकी ठुलीआमा पर्नेलाई करणी गरेको भनिएकाले पक्राउ गरिएको जानकारी दिए ।

आरोपित ब्यक्तिलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । प्रहरीले पक्राउ पर्नेको नाम भने सार्वजनिक गरेको छैन ।

प्रकाशित मिति : २०७५ असोज १६ गते मङ्गलवार