दाङको टरिगाउँ विमानस्थलमा बर्षमा दुईपटक परिक्षण उडान, कहिले होला नियमित ?


लेकाली अनलाइन
असोज १६, दाङ ।
दाङको टरिगाउँ विमानस्थलमा पुनः हवाइसेवा सञ्चालन गर्ने तयारी गरिएको छ ।

नियमित उडानको तयारीका लागि मंगलवार नेपाल एयरलाइन्सले दाङको टरीगाउँ विमानस्थलमा परिक्षण उडान गरेको छ । विहानको ११ बजेर २० मिनेटमा पहिलो पटक विमानस्थलमा अवतरण गरेको पाँच मिनेटमै उडेको नाइन. एन. एकेयु विमानले दोस्रो पटक ११ बजेर ३५ मिनेट जाँदा पुनः अवतरण गरेको थियो ।

अवतरण पछि पत्रकारहरुसंग कुरा गर्दै प्राविधिक टोलीले प्राविधिक दृष्टिकोणले विमानस्थल उपयुक्त भएको बताएका छन । १० बर्ष अघि टरीगाउँ एयरर्पोट घाँसे मैदानमा विमान अवतरण गरेको स्मरण गर्दै क्याप्टेन आङनुरी शेर्पाले अहिले निकै राम्रो भएको बताए ।

१६ सीटे जहाँजका लागि उडान भर्न कुनै समस्या नभएको भन्दै क्याप्टेन शेर्पाले पाँच सय मिटर विस्तार गरेमा ३२ सीटे जहाँज बस्न सक्ने बताए । नेपाल वायुसेवा निगमका इन्जिनियर विशाल पौडेलले धावनमार्ग उपयुक्त रहेको भन्दै रुख विरुवा र घरले कुनै असर नगर्ने बताए ।

प्राविधिक टोलीमा क्याप्टेन उद्धव घिमिरे, मोनिका रञ्जीत र सन्तोष निरौलाको पनि सहभागिता रहेको थियो । प्राविधिक टोलीलले पैतीस सय रुपैयाँ भाडा निर्धारण गरे पनि कुनै घाटा नलाग्ने बताएको छ । इन्धन डिपो स्थापना गरेमा नियमित उडान भर्न सहज हुने उनिहरुको सुझाव थियो । प्राविधिक प्रतिवेदनका आधारमा दशै अघि विमान नियमित उडान हुने उनिरुले बताएका छन ।

जिल्लाको हवाई सेवा हुन छाडे पछि यस क्षेत्रका नागरिकहरु नेपालगञ्ज र भैरहवा पुगेर हवाई सेवा लिन बाध्य छन् । वि.सं. २०११ सालमा सञ्चालन भएको विमानस्थलमा पटक पटक उडान हुँदै बन्द हुने गरेको छ । परीक्षण उडानको नाममा एक वर्षमा टरिगाउँ विमानस्थलमा दुई पटक जहाज आएको छ । गत माघमा पनि परीक्षण उडान गरेर केही साता हवाई सेवा सञ्चालन गरिएको थियो । त्यसको ठेक्का तुलसीपुर उपमहानगरपालिकाले लिएको थियो । तर त्यो दीर्घकालिन हुन सकेन । अहिले पनि उसकै पहलमा हवाई सेवा सुरु हुन लागेको दावी गरिएको छ ।

संघिय सांसद मेटमणी चौंधरी, तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डे र नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलका बीच मंगलवार जहाँजले परिक्षण उडान गर्ने र त्यसपछि नियमित उडान भर्ने सहमति भएको थियो ।

दाङमा कालोपत्रे भएर जहाजको प्रतिक्षामा रहेको टरिगाउ विमान स्थल सञ्चालन गर्नुको साटो नेताहरुले आफ्नो स्वार्थमा नारायणपुर क्षेत्रमा अन्तर्रा्ष्ट्रिय बिमानस्थल निर्माणका लागि सर्बे गर्न बजेट छुट्टयाएको भन्दै दाङमा एयर्पाेट बिबाद चुलिएको छ ।

जनताहरु आन्दोलनित भएकाछन भने अर्को्तिर नेताहरु समेत बिभाजित देखिन थालेका छन । नारायणपुर क्षेत्रमाका जनताहरुको माग पनि अन्तर्रा्ष्ट्रिय विमान स्थल निर्माण हुन बर्षाै समय लाग्ने भएको हुदा दाङबासिहरु लामो समय सम्म हवाई यातायात उपयोग गर्न बन्चित नहुनकैलागि टरिगाउ बिमानस्थल नियमित रुपमा सुचारु हुनुपर्ने बताउछन ।

२०७१ सालमा तुलसिपुर उधोग बाणिज्य सङघले निजि लगानीमा करिव दस महिना र जनप्रतिनिधि हरु निर्बा्चित भए लगत्तै तुलसिपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेको पहलमा समिट एयरलाइन्स को जहाज दाङमा करिब ९ महिना सञ्चालनमा आएको थियो ।

प्रकाशित मिति : २०७५ असोज १६ गते मङ्गलवार