असोज १६, कास्की ।
पर्यटकीय नगरी पोखरामा एक युवकको निर्मम तरिकाले हत्या गरिएको छ ।
राजकुमार नाम मात्र खुलेको ती युवकको पोखरा महानगरपालिका वडा नम्बर ३, पालिखेचोकस्थित सडकछेउको छाप्रोमा हत्या भएको हो (हेर्नुसु तस्बीर) ।
हत्या सोमबार राति भएको प्रारम्भिक अनुमान प्रहरीले गरेको छ । मृतकको थर र ठेगाना भने खुलेको छैन । ती युवकलाई कालो रिटर्स र निलो जिन्स पाइन्टमा कम्मरमुनिको पेटीमुनि लत्रेको अवस्थामा मृत फेला परेको हो । टाउको र नाटबाट रगत बगेको देखिएको छ ।
टाउको र खुट्टामा हतियार प्रहारको गम्भीर चोट देखिएकोले युवकको हत्या भएको देखिएकोले सुक्ष्म रुपा घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
स्थानीयले छाप्रोमा मृत अवस्थामा देखेपछि मंगलबार बिहान प्रहरीलाई खबर गरेका थिए । खबर पाएलगत्तै घटनास्थल पुगेको प्रहरीले मुचुल्का तयार पारेर अनुसन्धान अघि बढाएको छ ।
पछिल्लो समयमा सरकारले शान्ति सुरक्षाको अवस्था राम्रो रहेको बताइरहेको बेला देशभर हत्या, बलात्कार र एसिड आक्रमणका घटना बढ्दै गएको छ ।