• २०७८ कार्तिक १ गते सोमवार
  • Preeti To Unicode

दाङको टरिगाउँ विमान स्थलमा सफल परिक्षण उडान , नियमित हुने अपेक्षा


पूर्ण के.सी. असोज १६, दाङ ।

तुलसीपुरको टरिगाउँ विमान स्थलमा नेपाल एरलाईन्सको डाफेँ विमानले सफल परिक्षण उडान गरेको छ ।
आज विहान साढे ११ बजे एयरपोर्टमा नेपाल एयरलाईन्सको डाँफे बिमान अबतरण गरेको थियो । साथै प्राबिधिक टोलीले विमान सञ्चालनका लागि कुनै समस्या नहुँने भन्दै नियमित सेवा सञ्चालन गर्न सकिने बताएको थियो । बिगत लामो समय देखि टरिगाउँ एयरपोर्ट नियमित सञ्चालन हुन सकेको थिएन ।
तुलसीपुर उपमहानगरपालिकासंग सम्झौता गरेर हप्तामा कति दिन बिमान सेवा सञ्चालन हुने र भाडा कति हुने भन्ने बिषयमा टुंगो लाग्ने छ र अब उडान नियमित हुने अपेक्षा नागरिकको छ ।

प्रकाशित मिति : २०७५ असोज १६ गते मङ्गलवार