गजल
लेखक : तारादेव शर्मा ( प्रदर्शन )
निसानिमा रै छौ तिमी पापिष्टको रालमा पर्याैं ।
रसाउदै लोचनहरु अविष्मरनिय कालमा पर्याैं ।।
मौलाउन खोज्दै थियौ सिर्जनशील पाइलाहरु ।
कहिल्यै नउम्कने गरि आँशुको त्यो तालमा पर्याैं ।।
सेतो कागतका पाना रङ्गाइ लक्ष्य कोर्न जाँदा ।
बिश्वासघाती आफ्नै ती साथिनिको जालमा पर्याैं ।।
निर्दयिले आँखा बुझी लुटेपछी अस्थित्वलाइ ।
कठै बरा देह छोडी उखु घारी झालमा पर्याैं ।।
उर्लिदैछन आफन्ति र गर्जिदैछन देशका जन्ता ।
हुँदा खेरी मृतआत्मा न सरकारको पालमा पर्याैं ।।
बम दिदिबहिनी देखि दोषी सबै लुकाउदा नि ।
राष्ट्र सेवक भनाउदा र बडाको त्यो चालमा पर्याैं ।।
सके सम्म तिम्रो निम्ति ज्यानको बाजि राखीदिउला ।
मुटु भित्र आगो बल्छ भेल सुनामी छालमा पर्याैं ।।
पर्ख बहिनी आत्मा शान्ति दिने हामी दौडानमा छौँ ।
सोहोरिएर एकीकृत भइ बगि जाने गालमा पर्याैं ।।
लेखक सल्यान बागचाैर नगरपालिका २ चयालगाउ निवासी हुन्
प्रकाशित मिती २०७५ असाेज १७ गते