दाङमा तोरीको विउँमा अनुदान


लेकाली अनलाइन
असोज १७, दाङ ।
दाङको तुलसीपुर उपमहानगरपालिकाले किसानहरुलाई तोरीको विउँ वितरण सुरु गरेको छ ।

उपमहानगरपालिका अन्तर्गत कृषि शाखाले ५० प्रतिशत अनुदानमा तोरी वितरण गरिरहेको शाखा प्रमुख तिलक केसीले जानकारी दिएका छन् । केसीका अनुसार किसानहरुलाई ३० क्विन्टलसम्म तोरी वितरण गरिनेछ । उन्नतजातको विउँ विजन मार्फत किसानहरुले उत्पादन वृद्धि गर्न सकुन् भन्ने उद्देश्यका साथमा तोरी वितरण सुरु गरिएको पनि उनले जानकारी दिए ।

शाखा प्रमुख केसीले करिव ४ सय वढि किसान, ३ वटा टोल विकास संस्था, ३ वटा सहकारी र ७ वटा कृषक समुहले तोरीको विउँ पाएको पनि जानकारी दिए । किसानहरुले खेतमा खानेतोरीलाई नै विउँका रुपमा प्रयोग गर्ने भएकाले आशातित उत्पादन हुन नसकेको उनले जानकारी दिए । “हामीले विउँकै लागि उत्पादन गरिएको तोरी वितरण गरेका छौ ,यसले उत्पादन वृद्धिमा ठूलो भुमिका खेल्न सक्छ ” केसीले भने । उनले शाखामा माग पत्र पेश गरेर वडावाट सिफारिस लिएका हरेक किसानलाई सिफारिसका आधारमा तोरी वितरण गरिएको पनि जानकारी दिए ।

उन्नत जातको तोरी उत्पादनले किसानहरुमा उत्साह थपिने नगरपालिकाले विश्वास लिएको कार्यवाहक नगरप्रमुख सुर्यवहादुर डाँगीले वताए । उनले विउँविजनमा ध्यान दिए उत्पादन वृद्धि हुने भएकाले उपमहानगरपालिकाले तोरी वितरणका लागि पहल गरेको जानकारी दिए । विउँ उत्पादनका लागि किसानहरुलाई उत्प्रेरित गर्नका लागि ५० किलो विउँ उत्पादन तोरी वितरण गरिएको पनि डाँगीले वताए । उनल आगामी वर्षका लागि ३५ क्विन्टल विउँ उत्पादन हुने समेत जानकारी दिए ।

सबै किसानलाई एकै जातको विउँ वितरण गर्दा जातिय शुद्धता कायम हुने समेत प्रमुख केसीले जानकारी दिएका छन् । शाखा प्रमुख केसीका अनुसार शुक्रवार सम्म अनुदानको तोरी वितरणल गरिनेछ ।

प्रकाशित मिति : २०७५ असोज १७ गते बुधवार