• २०७८ कार्तिक १ गते सोमवार
  • Preeti To Unicode

नेकपाका केन्द्रीय सदस्य देवनारायण शाह रिहा, अन्य पाँच जनालाई फेरि गर्यो गिरफ्तार


असोज १७, काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य देवनारायण शाह रिहा भएका छन् । उच्च अदालत विराटनगरको आदेशमा उनी बुधबार रिहा भएका हुन् । शाहसँगै योङ रेड फोर्स झापाका अध्यक्ष सेसेहाङ लिम्बू, कार्यकर्ताहरु दीपमान राई, डम्बर मगर र प्रेम चापागाईं रिहा भएका छन् ।

आजै उनीहरूसँगै रिहा भएका नेकपा झापा जिल्ला इन्चार्ज र सेक्रेटरी क्रमशः सौगात आचार्य, सुमनसिंह पौडेल, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ झापाका अध्यक्ष चमनलाल माझी, तारा थापालाई भने अदालत परिसरबाटै प्रहरीले पुनः गिरफ्तार गरेको छ ।

गिरफ्तार सबैलाई मोरङ प्रहरी कार्यालयको हिरासतमा राखिएको जनाइएको छ । न्यायालयले थुनाबाट मुक्त गर्न आदेश दिएपछि पनि झुठा अभियोगमा पटकपटक गिरफ्तार गरेर दुःख दिएको भन्दै उनीहरु हिरासतभित्रै भोकहड्ताल शुरु गरेका छन् ।

केन्द्रीय शाहलाई गएको असार २८ गते सुनसरीको सुनकोशी गाउँपालिकाबाट गिरफ्तार गरिएको थियो । उनलाई विभिन्न अभियोगमा विभिन्न जिल्ला घुमाइएको थियो । शाह नेकपा निकट मधेसी राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष समेत रहेका छन् ।

प्रकाशित मिति : २०७५ असोज १७ गते बुधवार