२ करोड फ्रीज भएको भन्दै हुम्लामा एक कार्यपालिका सदस्यद्धारा राजीनामा


नवराज महतारा
असोज १८, हुम्ला ।
हुम्लाको सिमकोट गाउँ कार्यपालिका सदस्य बिनोदकुमार विकले आफू संलग्न गाउँपालिकाको विभिन्न समितिबिाट राजीनामा दिएका छन् ।

स्थानीय सरकारको मन्त्री परिषद्का रूपमा मानिने कार्यपालिका सदस्य विकले आफूलाई कुनै जानकारी नदिई विभिन्न सार्वजनिक महत्वका निर्णय गरेको भन्दै राजीनामा दिएको बताए । गाउँपालिकामा उठेको राजश्वको बारेमा असन्तुष्ट विकले आज बिहानदेखि सुरु भएको गाउँसभाको बैठकमा अध्यक्ष पदमबहादुर लामालाई बुझाएको राजीनामा पत्रमा समयमै गाउँपालिकाको सार्वजनिक लेखा परीक्षणसमेत नगर्दा गाउँपालिकाको २ करोड बजेट फ्रीज भएको उल्लेख गरेका छन् ।

आफू बसेको समितिमा केही सुनुवाइ नभएपछि जिम्मेवारी ओगट्नुभन्दा त्यसबाट बाहिरिनु नै बेस भएको ठानेर पालिकाको राजश्व परामर्श, न्यायिक र लेखा समितिबाट राजीनामा दिएको सदस्य बिकले बताए ।

प्रकाशित मिति : २०७५ असोज १८ गते बिहिवार