दीपक बोहरा
असोज १८ दाङ ।
दाङमा आमाछोरी मृत फेला परेका छन् । दाङ ववई गाउँपालिका वडा नं. ४ हसनापुर निवासी २४ बर्षीया सरस्वती पुन मगर र उनकी तीन बर्षीया छोरी कृतिका पुन मगर मृत फेला परेको ईलाका प्रहरी कार्यालय खिलतपुरले जानकारी दिएको छ ।
स्थानीय सितलगौरा सामुदायिक बनमा आज ( बिहीबार) मृत फेला परेको ईलाका प्रहरी कार्यालय खिलतपुरका प्रहरी निरीक्षक डाक्टर प्रसाद चौधरीले जानकारी दिए ।
स्थानीय एक ब्यक्तिले बिहीबार साँझ ५ बजेतिर शब देखेपछि प्रहरीलाई खबर गरेका थिए । शब सडने अबस्थामा रहेकाले ४:५ दिन अगाडि नै मृत्यु भएको हुन सक्ने प्रहरी निरीक्षक चौधरीले बताए । आफन्तले भने हत्या भएको हुन सक्ने शब उठाउन नमानेको प्रहरीले बताएको छ । छोरीको शव खोल्सामा खसको छ, भने आमाको शव भीरमै अड्डीएको प्रहरीले जानकारी दिएको छ ।
आमाछोरी असोज १३ गते शनिबार माईतिघर रोल्पा जान भनी हिडेको तर लामो समय सम्म पनि सम्पर्कमा नआएको आफन्तले बयान दिएको प्रहरीले जानकारी दिएको छ ।