लेकाली अनलाइन
असोज १९, सल्यान ।
सल्यानका दुई स्थानीय तहको नाम परिवर्तन भएको ९ महिना पुगिसक्दा पनि अझै संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको वेबसाइटमा नाम परिवर्तन भएको छैन् ।
गत पुस २४ गते देशभरीका ४६ वटा गाउँपालिका तथा नगरपालिकाको नाम र केन्द्र परिवर्तन गर्दा सल्यानका दुई गाउँपालिकाको नाम परिवर्तन गरिएको थियो । पहिलेको ढोरचौर गाउँपालिकाको नाम परिवर्तन गरेर सिद्धकुमाख गाउँपालिका र कुमाखमालिकाको नाम परिवर्तन गरेर कुमाख गाउँपालिका बनाइएको थियो ।
तर नाम परिवर्तन गरेको ९ महिना पुग्दा पनि अहिलेसम्म ति गाउँपालिकाको वेबसाइटको नाम परिवर्तन भएको छैन । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको वेबसाइटमा पुरानै नाम राखिएको छ भने ति गाउँपालिकाको आधिकारीक डोमिन समेत परिवर्तन गरिएको छैन ।
डोमिनको नाम परिवर्तन नगरिए पनि ती गाउँपालिकाले वेबसाइट भित्र भने अहिलेको नयाँ नाम भने अवडेट गरेका छन् ।
अहिले पनि सिद्धकुमाख गाउँपालिकाको वेबसाइट खोज्दा www.dhorchaurmun.gov.np र कुमाख गाउँपालिकाको www.kumakhmalikamun.gov.np लग इन गरेर साइट खोज्नुपर्ने हुन्छ ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४ को उपदफा ५ बमोजिम यी गाउँपालिकाको ९ महिना अघि नाम र केन्द्र परिवर्तन गरिएको थियो ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको वेबसाइटमा पुरानै नाम

सिद्धकुमाख गाउँपालिकाको डाेमिनमा www.dhorchaurmun.gov.np पुरानै

कुमाख गाउँपालिकाको डाेमिनमा www.kumakhmalikamun.gov.np पुरानै
पहिले नाम परिवर्तन भएकाे समाचार
सल्यानमा ३ गाउँपालीकाकाे नाम र केन्द्र परिवर्तन (सूचीसहित)
http://www.lekalionline.com/archives/3154