• २०७८ कार्तिक १ गते सोमवार
  • Preeti To Unicode

रुकुममा ट्याक्टरबाट खसेर एक महिलाको मृत्यु


असाेज १९, रुकुम।

रुकुम पूर्वमा ट्याक्टरबाट खसेर एक महिलाको मृत्यु भएको छ ।

रुकुम पश्चिमबाट रुकुम पूर्व भुमे गाउँपालिकातर्फ जाँदै गरेको म १ त ७९७ नम्बरको ट्याक्टरमा सवार सोही गाउँपालिका– २ सीमचौरका २४ वर्षीया सुनकुमारी घर्तीको बिहीबार मृत्यु भएको हो ।

गम्भीर घाइते उनको उपचारका क्रममा जिल्ला अस्पताल रुकुम पूर्वमा मृत्यु भएको प्रहरी निरीक्षक रमेश विष्टले जानकारी दिए ।

ट्याक्टर चालक जाजरकोटका शीतल शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २०७५ असोज १९ गते शुक्रवार