• २०७८ कार्तिक ८ गते सोमवार
  • Preeti To Unicode

नेकपा पोलिट्ब्यूरो सदस्य राई र पुन आज रिहा हुँदै


असोज १९, काठमाडौँ ।

नेपाल कम्युनिस्ट पार्टीका पोलिट्ब्यूरो सदस्य पदम राई र ओमप्रकाश पुनलाई रिहाईको माग गर्दै परेको रिटमाथि सुनुवाई हुने भएको छ ।

सर्वोच्च अदालतमा परेको बन्दी प्रत्यक्षीकरण रिटमाथि विहीबार बहस हुन सकेन । न्यायाधीस मिरा खड्का र हरिकृष्ण कार्कीको संयुक्त इजलासमा बहस हुने सूचना टाँस भएपनि अन्तिममा आएर मुद्दाको चाप भन्दै बसह हुन सकेन ।

गैरकानूनी रुपमा थुनामा राखेको भन्दै गौरा धामीले दायर गरेको रिटमाथि आज बहस हुने भएको छ । राई र पुनको मुद्दालाई हेरिरहेका वरिष्ठ अधिवक्ता एकराज भण्डारीले रिटमाथि आज सुनुवाई हुन बताए । “हिजोको जस्तो कुनै कारण नभए उहाँहरुको रिटमाथि आज बहस हुन्छ” भण्डारीले भने । उनले रिटमाथि सुनुवाई भए दुबै नेता छुट्ने सम्भावना रहेको बताए ।

दुबै नेतालाई प्रहरीले काठमाडौँबाट गिरफ्तार गरेको थियो । गैरकानूनी रुपमा गिरफ्तार गरेको रिटमाथि बहस गर्दै यसअघि सर्वोच्चले दुबै नेतालाई रिहा गर्न आदेश दिएको थियो । तर, प्रहरीले परिसरबाटै गिरफ्तार गरेर विभिन्न जिल्लामा पुर्याउँदै आएको थियो ।

धामीले पुनः असोज ९ गते रिट निवेदन दायर गरेकी थिइन् । रिटमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतले दुवै जनालाई बाटोको म्यादबाहेक ३ दिन भित्र लिखित जवाफसहित उपस्थित गराउन मन्त्रिपरिषद्, गृहमन्त्रालय, दाङ प्रहरीलगायत विपक्षीहरुको नाममा असोज ११ गते आदेश भएको थियो । राईलाई संखुवासभा र पुनलाई बाँकेबाट रिहा भएपछि पुनः गिरफ्तार गरेर दाङ पुर्याइएको थियो ।

असार १६ गते पार्टीको सार्वजनिक कार्यक्रमबाट राईलाई र पुनलाई असार १९ गते साँझ लाजिम्पाट प्रहरीले गिरफ्तार गरेको थियो ।

प्रकाशित मिति : २०७५ असोज १९ गते शुक्रवार