• २०७८ कार्तिक ४ गते बिहिवार
  • Preeti To Unicode

अर्घाखाँचीमा टीभी खोल्दा करेन्ट लागेर एक महिलाको ज्यान गयो


असाेज १९, अर्घाखाँची ।

अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा टीभी खोल्दा करेन्ट लागेर एक महिलाको ज्यान गएको छ ।

भूमिकास्थान नगरपालिका वडा नम्बर ४ धारापानी, लामाखर्ककी ६० वर्षकी धनी आलेको करेन्ट लागेर ज्यान गएको हो ।

टेलिभिजनको ‘प्लग’ लगाउने क्रममा एक्कासी करेन्ट लागेर घटनास्थलमै महिलाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक नवराज मल्लले जानाकारी दिए ।

प्रकाशित मिति : २०७५ असोज १९ गते शुक्रवार